6 months ago
June 7, 2025
भरतपुर (हाम्रो खेलकुद)- चौथो पेन्गुईन भरतपुर २४ गोल्डकप फुटबल प्रतियोगिता आज सुरु हुँदैछ।
आयोजक भरतपुर २४ गोल्डकप उपभोक्ता समितिका अध्यक्ष रमेश पुरीका अनुसार जेठ ३१ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोली सहभागी छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ खेलकुद विकास समिति र हानामी भरतपुर फुटबल क्लब बिएफसी भिड्नेछन् ।
प्रतियोगितामा भरतपुर २४ र बिएफसीसँगै प्याराडाइज युवा क्लब सिसुवार र रामपुर फुटबल क्लब समूह ए मा रहेका छन् । यस्तै अर्को समूहमा स्टार स्पोर्टस क्लब माडी, जनशक्ति युवा क्लब नवलपरासी, सूर्यपुर फुटबल क्लब र मकवानपुर ११ रहेका छन् ।
प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख ३ हजार तथा उपविजेताले एक लाख ७५ हजार प्राप्त गर्नेछन् । प्लेयर अफ दि म्याचले तीन तथा विधागत उत्कृष्ट खेलाडीले जनही ७ हजार ५ सय प्राप्त गर्नेछन् । पेन्गुईन एजुकेसन कन्सल्टेन्सी प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ ।
भरतपुर २४ का वडाध्यक्ष राम गोदार प्रतियोगिताका लागि वडा कार्यालयले चालु आर्थिक वर्षमा बजेट नै विनियोजन गरेको बताए ।
वडाले खेल क्षेत्रको बिकासका लागि यस किसिमका प्रतियोगिताका साथै खेलाडीहरुलाई तालिम दिईरहेको बताए । ग्रास रुट फुटबल बिकासका लागि पनि वडाले विभिन्न कार्यक्रम गरिरहेको उनको भनाइ थियो ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]