default_image

6 months ago

June 7, 2025

पेन्गुईन भरतपुर २४ गोल्डकप सुरु हुँदै

399 views

0 Bookmark

भरतपुर (हाम्रो खेलकुद)- चौथो पेन्गुईन भरतपुर २४ गोल्डकप फुटबल प्रतियोगिता आज सुरु हुँदैछ।

आयोजक भरतपुर २४ गोल्डकप उपभोक्ता समितिका अध्यक्ष रमेश पुरीका अनुसार जेठ ३१ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोली सहभागी छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ खेलकुद विकास समिति र हानामी भरतपुर फुटबल क्लब बिएफसी भिड्नेछन् ।
प्रतियोगितामा भरतपुर २४ र बिएफसीसँगै प्याराडाइज युवा क्लब सिसुवार र रामपुर फुटबल क्लब समूह ए मा रहेका छन् । यस्तै अर्को समूहमा स्टार स्पोर्टस क्लब माडी, जनशक्ति युवा क्लब नवलपरासी, सूर्यपुर फुटबल क्लब र मकवानपुर ११ रहेका छन् ।

प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख ३ हजार तथा उपविजेताले एक लाख ७५ हजार प्राप्त गर्नेछन् । प्लेयर अफ दि म्याचले तीन तथा विधागत उत्कृष्ट खेलाडीले जनही ७ हजार ५ सय प्राप्त गर्नेछन् । पेन्गुईन एजुकेसन कन्सल्टेन्सी प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ ।

भरतपुर २४ का वडाध्यक्ष राम गोदार प्रतियोगिताका लागि वडा कार्यालयले चालु आर्थिक वर्षमा बजेट नै विनियोजन गरेको बताए ।

वडाले खेल क्षेत्रको बिकासका लागि यस किसिमका प्रतियोगिताका साथै खेलाडीहरुलाई तालिम दिईरहेको बताए । ग्रास रुट फुटबल बिकासका लागि पनि वडाले विभिन्न कार्यक्रम गरिरहेको उनको भनाइ थियो ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.