6 months ago
June 7, 2025
सुशील पन्त क्षेत्री, भरतपुर
हानामी भरतपुर फुटबल क्लब (बिएफसी) ले चौथो पेन्गुईन भरतपुर २४ गोल्डकप फुटबलमा विजयी सुरुवात गरेको छ ।
आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा बिएफसीले भरतपुर खेलकुद बिकास समितिलाई हराउँदै सेमिफाइनलमा पुगेको हो।
सिद्धार्थ माविको मैदानमा भएको खेलमा बिएफसीले २-१ को पुनरागमन जित निकाल्यो । खेलमा बिएफसीले १-० ले पछि परेको अवस्थाबाट पुनरागमन गरेको हो ।
दोस्रो हाफको पाचौं मिनेटमा धिरेन्द्र शाहको गोलमा भरतपुर २४ ले अग्रता लिएको थियो । तर दोस्रो हाफको १३ औं मिनेटमा सजिन मगरले बिएफसीका लागि बराबरी गोल फर्काए ।

इन्ज्युरी समयमा सुजित बुढाथोकीले गोल गरेपछि बिएफसी २-१ ले विजयी भयो । बिएफसीका सजिन मगर प्लेयर अफ दि म्याच भए ।
प्रतियोगितामा भोलि आइतबार साविक विजेता स्टार स्पोर्टस क्लब माडी र जनशक्ती युवा क्लब नवलपरासी भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ ।
भरतपुर २४ गोल्डकप उपभोक्ता समितिको आयोजनामा सुरु भएको प्रतियोगितामा ८ टोली सहभागी छन् । जेठ ३१ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख ३ हजार तथा दोस्रोले १ लाख ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]
December 4, 2025
एजेन्सी – रियल माड्रिडले एथ्लेटिक बिल्बाओलाई ३- ० ले हराउँदै ला लिगामा शीर्षस्थान टोली बार्सिलोनासँगको अंक दूरीलाई कम गरेको छ। सन मामेसमा बुधवार भएको खेलमा रियललाई जित दिलाउन किलियन एम्बाप्पेको भूमिका महत्वपूर्ण रह्यो । उनले २ गोल र एक असिस्ट गरे। खेल सुरु भएको सात मिनेटमा ट्रेन्ट एलेक्जान्डर आर्नोल्डको पासबाट एम्बाप्पेले पहिलो गोल गरे। यो […]