6 months ago
June 7, 2025
सुशील पन्त क्षेत्री, भरतपुर
हानामी भरतपुर फुटबल क्लब (बिएफसी) ले चौथो पेन्गुईन भरतपुर २४ गोल्डकप फुटबलमा विजयी सुरुवात गरेको छ ।
आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा बिएफसीले भरतपुर खेलकुद बिकास समितिलाई हराउँदै सेमिफाइनलमा पुगेको हो।
सिद्धार्थ माविको मैदानमा भएको खेलमा बिएफसीले २-१ को पुनरागमन जित निकाल्यो । खेलमा बिएफसीले १-० ले पछि परेको अवस्थाबाट पुनरागमन गरेको हो ।
दोस्रो हाफको पाचौं मिनेटमा धिरेन्द्र शाहको गोलमा भरतपुर २४ ले अग्रता लिएको थियो । तर दोस्रो हाफको १३ औं मिनेटमा सजिन मगरले बिएफसीका लागि बराबरी गोल फर्काए ।

इन्ज्युरी समयमा सुजित बुढाथोकीले गोल गरेपछि बिएफसी २-१ ले विजयी भयो । बिएफसीका सजिन मगर प्लेयर अफ दि म्याच भए ।
प्रतियोगितामा भोलि आइतबार साविक विजेता स्टार स्पोर्टस क्लब माडी र जनशक्ती युवा क्लब नवलपरासी भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ ।
भरतपुर २४ गोल्डकप उपभोक्ता समितिको आयोजनामा सुरु भएको प्रतियोगितामा ८ टोली सहभागी छन् । जेठ ३१ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख ३ हजार तथा दोस्रोले १ लाख ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]