6 months ago
June 8, 2025
एजेन्सी – इंग्ल्याण्डले विश्वकप छनोटको विजय यात्रालाई जारी राखेको छ। इंग्ल्यान्डले शनिवार अन्डोरामाथि निराशाजनक १–० को जित निकाल्यो। अष्ट्रिया र नेदरल्याण्ड्सले पनि विजयी भएका छन्।
इंग्ल्यान्डका कप्तान ह्यारी केनको ७२औँ अन्तर्राष्ट्रिय गोलले अन्डोराविरुद्धको खेलमा लज्जास्पद नतिजाबाट टोलीलाई जोगायो। तर पनि, बार्सिलोनामा विश्व फुटबलको १ सय ७३औँ स्थानमा रहेको टोलीसँग संघर्षपूर्ण खेल खेलेपछि प्रशिक्षक थोमस टुचेलको टोलीलाई दर्शकहरूले हुटिङ गरे।
टुचेल इंग्ल्यान्डको इतिहासमा पहिलो प्रशिक्षक बनेका छन् जसले आफ्ना तीनवटै प्रतिस्पर्धात्मक खेल जित्दा एकपटक पनि गोल खानु परेको छैन।
तर समूह के मा अन्डोरा, लाट्भिया र अल्बानियाजस्ता तुलनात्मक रूपमा कमजोर टोलीविरुद्ध यो उपलब्धि केही निराशाजनक प्रदर्शनपछि कमजोर देखिन्छ।
‘म प्रदर्शनबाट खुसी छैन,’ टुचेलले भने,
‘हामीले खेलको लय पूर्ण रूपमा गुमायौँ र त्यसलाई पुन: फर्काउन सकेनौँ। अन्त्यतिर हामी कुनै पनि दृष्टिकोणबाट पर्याप्त ऊर्जावान देखिएनौँ।’
उनले थपे, ‘हामीले स्वीकार्नैपर्छ — यो हाम्रो स्तरको प्रदर्शन होइन। अन्तिम २० मिनेटमा म सबैभन्दा चिन्तित थिएँ किनभने टिमको रवैया मलाई मन परेन। त्यो स्थिति र अवसर अनुरूप थिएन। यद्यपी यो विश्वकप छनोटको खेल हो।’
इंग्ल्यान्ड अब समूह के मा दोस्रो स्थानमा रहेको अल्बानियामाथि ५ अंकले अगाडि छ। अल्बानियाले घरेलु मैदानमा सर्बियासँग गोलरहित बराबरी खेलेको थियो। अल्बानियाका रे मनाजले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टी गुमाएका थिए।
शनिबार सर्बिया नेशन्स लिग प्लेअफमा व्यस्त भएको कारणले गर्दा यो उनीहरूको पहिलो छनोट खेल थियो।

नेदरल्याण्ड्सले आफ्नो अभियान हेलसिंकीमा फिनल्यान्डमाथि २–० को सहज जितसँगै सुरु गर्यो।
मेम्फिस डेपाएले छैठौँ मिनेटमै पहिलो गोल गरे भने, च्याम्पियन्स लिग फाइनलमा इन्टर मिलानको लागि निराशाजनक खेल खेलेका डेनजेल डुम्फ्रिजले २३औँ मिनेटमा दोस्रो गोल थपे।
यो जितसँगै नेदरल्याण्ड्स समूह जी मा तेस्रो स्थानमा उक्लिएको छ । जसले लिथुएनिया र माल्टालाई पछि पारेको छ । लिथुएनिया र माल्टाले गोलरहित बराबरी खेले। डच टोली फिनल्यान्डभन्दा एक र शीर्ष स्थानमा रहेको पोल्यान्डभन्दा ३ अंकले पछि छ।
भिएनामा अष्ट्रियाले रोमानियालाई २–१ ले हरायो।
मार्सेल साबित्जर र माइकल ग्रेगोरोभिचले अष्ट्रियाका लागि गोल गरे। रोमानियाका फ्लोरिन टानासेले इन्ज्युरी समयमा हेड गोल गरे तापनि टोलीले अन्त्यतिर धेरै अवसरहरू गुमाएको थियो।
ग्रुप एचमा बोस्निया-हर्जगोभिनाले सान मारिनोमाथि १–० को जितसँगै ९ अंकसहित अग्रता लिएको छ।
एडिन जेकोले एकमात्र निर्णायक गोल गरे। रोमानिया, साइप्रस र अष्ट्रियाको समान ३ अंक छ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]