default_image

6 months ago

June 8, 2025

नेशन्स लिग फाइनल – स्पेन र पोर्चुगल भिड्दै

1711 views

0 Bookmark

एजेन्सी – युरोपियन च्याम्पियन स्पेन र त्यसको परम्परागत प्रतिद्वन्द्वी पोर्चुगल आज युइएफए नेशन्स लिगको फाइनल खल्दैछन्।

जर्मनीको म्युनिखस्थित अलिआन्ज एरिनामा फाइनल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ।

सन् २०१९ मा पहिलोपटक यो प्रतियोगिता जितेको पोर्चुगलले चौथो संस्करणमा साविक  विजेता स्पेनको सामना गर्दैछन् ।  जुन टोली जितेपनि दुई पटक नेशन्स लिग जित्ने पहिलो राष्ट्र बन्ने छ। यी दुई बाहेक फ्रान्सले नेशन्स लिगको उपाधि जितेको छ।

स्पेन र पोर्चुगलको इतिहास
२०१० को विश्वकप यता यी दुई टोलीबीचको प्रतिस्पर्धा तुलनात्मक रुपमा बराबरीको देखिएको छ।

पछिल्ला ८ खेलमध्ये स्पेनले २ जितेको छ । पोर्चुगलले १ खेल जितेको छ । बाँकी खेल बराबरीमा टुंगिएको थियो ।

यसमध्ये सबैभन्दा रोचक खेल २०१८ को विश्वकपमा भएको ३- ३ बराबरी हो। दुवै टोलीले पछिल्ला ५ खेलमा क्लिनसिट राख्न सकेका छैनन् ।

पोर्चुगल

पोर्चुगलले यसपटक सेमिफाइनलमा जर्मनीलाई २- १ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । खेलमा युभेन्टसका विङ्गर चिको कोन्सेइसाओ र सधैंजस्तै गोल स्कोरर क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए।

४० वर्षे कप्तान रोनाल्डो यस पटक पनि उच्च गोलकर्ता बन्ने र आफ्नो देशका लागि तेस्रो उपाधि जिताउने लक्ष्य साथ मैदानमा उत्रनेछन्।

गोनसालो टोलीमा फर्किएका छन्। बायर्न म्युनिखका डिफेन्डर राफाएल गुएरेइरो पनि फाइनलअघि अभ्यासमा सहभागी भएका थिए।

रोनाल्डोले भने,’फेरी ट्रफी उठाउने चाहना छ। वर्षभर जित पाइँदैन, तर खेल त्यस्तै हो । सधैं जितिँदैन। आशा छ आइतवार पोर्चुगलका लागि खुसीको दिन हुनेछ।”

प्रशिक्षक रोबर्टो मार्टिनेजले भने,’ हामीले सेमिफाइनलमा जस्तो प्रदर्शन गरेमा उपाधि जित्न सक्छौं। स्पेन बलियो टोली हो, तर यो खेल टेक्निकल वा ट्याक्टिकल होइन, आत्मबल र दृढता देखाउने खेल हो।’

स्पेन

स्पेनले सेमिफाइनलमा फ्रान्सलाई ५-४ ले हराउँदै ऐतिहासिक जित निकालेको हो। खेलमा १७ वर्षे सनसनी लामिन यामालले २ गोल गरे भने निकोल विलियम्स, मिकेल मेरिनो र पेड्री ले पनि गोल गरे।

यो खेल नेशन्स लिग इतिहासको सबैभन्दा धेरै गोल भएको खेल हो। प्रशिक्षक लुइस डे ला फुएन्टे ले टोलीका सबै खेलाडी उपलब्ध रहेको जनाउँदै फाइनलका लागि बलियो टोली उतार्ने बताएका छन्।

लामिन यामाल को बारेमा उनले भने, ‘उनी निकै परिपक्व छन् । उमेरअनुसारको भन्दा बढी परिपक्वता देखाएका छन्। हामी लामो समयदेखि उनको विकासमा साथ दिइरहेका छौँ।’

यस खेलबाट प्रशिक्षक डे ला फुएन्टे स्पेनको इतिहासमै सबैभन्दा धेरै उपाधि जित्ने प्रशिक्षक बन्ने अवसरमा छन्।

स्पेनका प्रमुख स्ट्राइकर मिकेल ओयार्जाबाल ले भने,
‘हामी जुनसुकै टोलीसँग प्रतिस्पर्धा गर्न सक्षम छौँ। हामी आफैंमा विश्वास गर्छौं। युरो होस् या नेशन्स लिग – कसैले सजिलै जित्न दिँदैन। तर हामी सबैलाई हराउन सक्ने क्षमतामा छौं।’

रोनाल्डो अनुभव र यामाल युवा जोशको द्वन्द्व फाइनलमा हेर्न पाउने अपेक्षा गरिएको छ।

आजै जर्मनी र फ्रान्स बीच तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.