default_image

6 months ago

June 9, 2025

पोर्चुगलले जित्यो नेशन्स लिगको उपाधि

6675 views

0 Bookmark

एजेन्सी – पोर्चुगलले युइएफए नेशन्स लिगको उपाधि जितेको छ।

म्युनिखमा आइतवार भएको रोमाञ्चक फाइनलमा पेनाल्टी सुटआउटमा स्पेनलाई ५-३ ले पराजित गर्दै पोर्चुगलले उपाधि जितेको हो। पोर्चुगलले दोस्रो पटक नेशन्स लिगको ट्रफी जितेको हो ।

क्रिस्टियानो रोनाल्डोले ६१औं मिनेटमा गोल गर्दै पोर्चुगललाई २–२ को बराबरीमा ल्याए। तर नियमित समयको अन्त्यसम्म दुबै टोलीबीच अन्य कुनै फरक देखिएन।

अतिरिक्त समय सुरु हुनु अगावै मैदानबाट बाहिरिएका पोर्चुगल कप्तान रोनाल्डो जित निश्चित भएपछि मैदानको छेउमा घुँडा टेकेर खुसीको आँसु झारे। जितको क्षण तब आयो जब रुबेन नेभेसले निर्णायक पेनाल्टी गोल गरे। त्यसअघि डिओगो कोस्टाले स्पेनका आल्भारो मोराटाको कमजोर प्रहार रोकिदिएका थिए।

२०२३ संस्करणका विजेता स्पेनले २१औं मिनेटमा मार्टिन जुबिमेन्दीको गोलबाट अग्रता लिएको थियो। पोर्चुगलको डिफेन्स लाइनले बल क्लियर गर्न असफल भएको थियो।

तर त्यो अग्रता धेरै समय टिक्न सकेन। पाँच मिनेटमै नुनो मेंडेसले कुनाबाट गरेको तीव्र प्रहारले उनाई साइमनलाई पराजित गर्दै बराबरी गोल गरे।

गत वर्षको युरोपियन च्याम्पियनसिप फाइनलमा इङ्ल्यान्डविरुद्ध अन्तिम क्षणमा विजयी गोल गरेका मिकेल ओयार्जाबालले ४५औं मिनेटमा गोल गर्दै स्पेनलाई पुनः अग्रता दिलाए।

तर रोनाल्डो फेरि पोर्चुगलका उद्धार गरे । उनले मार्क कुकुरेलालाई पछाडि छोड्दै नुनो मेंडेसको डिफ्लेक्टेड क्रसमा भली प्रहार गर्दै नजिकबाट गोल गरे।

पेनाल्टी सुटआउटमा गोन्कालो रामोस, वितिन्हा, ब्रुनो फर्नान्डेज र नुनो मेंडेसले गोल गरे भने मोराटाको प्रयास गोलरक्षक कोस्टाले बचाए।

अन्ततः नेभेसले निर्णायक पेनाल्टी गोल गरेपछि पोर्चुगल दुई पटक नेशन्स लिग उपाधि जित्ने पहिलो टोली बन्यो ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.