default_image

6 months ago

June 9, 2025

प्याराडाइज भरतपुर २४ गोल्डकपको सेमिफाइनलमा

848 views

0 Bookmark

सुशील पन्त क्षेत्री, भरतपुर

प्याराडाइज युथ क्लब रत्ननगर चौथो पेन्गुईन भरतपुर – २४ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो चरणको तेस्रो खेलमा रामपुर फुटबल क्लब रड्सलाई १-० हराँउदै प्याराडाइज सेमिफाइलमा प्रवेश गरेको हो ।

प्याराडाइजको जितमा सन्दिप रानाले निर्णायक गोल गरे । उनले खेलको सुरुवती मिनेटमा नै गोल गर्दै प्याराडाइजलाई अग्रता दिलाएका थिए । उक्त गोल नै निर्णायक बन्यो । उनी नै प्लेयर अफ दि म्याच चुनिए ।

सूर्यपुर एफसी र मकवानपुरबीच प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा खेल मंगलवार दिउँसो ४ बजे सुरु हुनेछ ।

भरतपुर – २४ गोल्डकप उपभोक्ता समितिको आयोजनामा जारी प्रतियोगितामा ८ टोली सहभागी छन् ।

जेठ ३१ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख ३ हजार र दोस्रो टोलीले १ लाख ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.