default_image

6 months ago

June 10, 2025

नेपाल र लाओस भिड्दै

1408 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट अन्तर्गत आज नेपालले लाओससँग खेल्दैछ। जारी छनोट तेस्रो चरणको हो। नेपाल छनोटको पहिलो खेलमा मलेसियासँग २-० ले हारेको थियो। कमब्याक जित नेपाललाई जरुरी छ।

यही खेलको तयारी स्वरूप नेपालले तुलनात्मक रुपमा बलियो प्रतिद्वन्द्वी हङकङ विरूद्ध अन्तराष्ट्रिय मैत्रिपूर्ण खेले खेलेको थियो। जहाँ खेल गोल रहित बराबरीमा सकिएको थियो।

तयारीकै क्रममा नेपालले मनाङमा हाइ अल्टिच्युट प्रशिक्षण समेत गरेको थियो। जसले टोलीलाई सहयोग गरेको खेलाडीले बताएका थिए।

तयारी राम्रो भएको र इतिहासमा लाओस विरूद्ध नेपाल बलियो रहेको कारण नेपालले जित निकाल्ने अनुमान गरिएको छ। नेपाल र लाओस यसअघि ६ पटक भिडेका छन्। जहाँ नेपालले एक खेल पनि हारेको छैन। ३ खेल नेपालले जित्दा ३ खेल बराबरीमा सकिएको छ।

त्यसैले मलेसियासँगको हारपछि जितकासाथ कमब्याक गर्ने अवसर नेपाली टोलीलाई रहेको छ। लाओस जानु अगाडि प्रशिक्षक म्याट रसले अबको सबै खेल उत्तिकै महत्वपूर्ण रहेको भन्दै जित्नको लागि खेल्ने बताएका थिए।

उनको प्रशिक्षणमा नेपालले खेल्न लागेको यो चौथो खेल हो। सिंगापुर विरुद्ध नेपालले जित निकाल्दा मलेसियासँग २-० को हार बेहोरेको थियो। हङकङसँग भने बराबरी नतिजा आएको थियो।

कप्तान किरण चेम्जोङले पनि टिम बोन्डिङ्ग राम्रो भएको इन्ज्युरी समस्या नरहेको र लाओस विरुद्ध उत्कृष्ट खेल प्रदर्शन नेपालको लक्ष्य रहेको बताएका थिए।

नेपाल सम्मिलित समूहमा लाओस, मलेसिया र भियतनाम रहेका छन्। वरीयताका आधारमा भियतनाम र मलेसिया नेपाल भन्दा बलियो प्रतिद्वन्द्वी हुन्।

समूहमा रहेका प्रत्येक टोलीले होम एण्ड अवेको आधारमा कुल ६ खेल खेल्नेछन्। यसपछि समूह विजेताले २०२७ मा साउदी अरेबियामा हुने १९ औं एसियन कपमा स्थान बनाउनेछ।

नेशनल स्टेडियममा आज साँझ ५:४५ बजे नेपालले घरेलु टोली लाओसको सामना गर्नेछ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.