default_image

6 months ago

June 10, 2025

अन्जनसँग सर्वाधिक गोलकर्ता बन्ने अवसर

1113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय पुरुष फुटबल टोली स्टार स्ट्राइकर अन्जन विष्टलाई नेपालको लागि सर्वाधिक गोलकर्ता बन्ने अवसर रहेको छ।

आज एएफसी एसियन कप छनोट अन्तर्गत आज नेपालले लाओससँग खेल्दा अन्जनसँग त्यस्तो अवसर छ । अन्जनले हरि खड्का र निराजन रायमाझीले जस्तै १३ अन्तराष्ट्रिय गोल देशको लागि गरेका छन्।

२०८० को असोज महिनामा नेपालमा भएको विश्व कप छनोट अन्तर्गत लाओस विरुद्धको खेलमा गोल गर्दै अन्जनले १३ गोलको रेकर्ड बराबरी गरेका थिए। उनकै गोलमा नेपालले सो खेलमा लाओसलाई १-१ गोलको बराबरीमा रोकेको थियो।

त्यसपछि उनले अन्तराष्ट्रिय प्रतियोगितामा गोल गन सकेका छैनन्। आज फेरि लाओससँग नै खेल हुँदा अन्जनसँग त्यो अवसर छ। झन्डै एक दशकदेखि अन्जन राष्ट्रिय टोलीको सदस्य रहँदै आएका छन्।

पछिल्लो समय अन्जनलाई इन्ज्युरीले सताएको थियो। अहिले भने पूर्ण रूपमा फिट रहेको उनले बताएका छन्। कप्तान किरण चेम्जोङले पनि फिट रहेका अन्जनले प्रशिक्षण दौरान गोल पनि गरिरहेको कारण उनले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका थिए।

नेपाली राष्ट्रिय फुटबल टोली

किरण चेम्जोङ (कप्तान ), अभिषेक लिम्बु, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, बिमल पाण्डे, विशाल सुनार, दीप कार्की , जिलेस्पी जङ्ग कार्की,  कृतिश रत्न छुन्जु, कुशल देउवा, लाकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सृजन राज गौतम, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुवास ठकुरी बम र योगेश गुरुङ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.