default_image

6 months ago

June 10, 2025

नेपाल पहिलो पटक लाओससँग पराजित

1998 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अन्तर्राष्ट्रिय फुटबलमा नेपाल पहिलो पटक लाओससँग पराजित भएको छ। एएफसी एसियन कप छनोटमा नेपाल आज घरेलु टोली लाओससँग २-१ गोल अन्तरले पराजित भएको छ।

छनोट चरणमा नेपाललले लगातार दोस्रो हार बेहोरेको छ।‌ लाओसको नेशनल स्टेडियममा नेपाल विरूद्ध लाओसले १३औं मिनेटमा नै अग्रता बनायो। प्राप्त कर्नरमा अनाउसोने छापान्याको हेडरले सही दिशा लियो। लाओसले १-० को अग्रता बनायो।

नेपाल पहिलो हाफमा खेलमा फर्कन सकेन। पहिलो हाफमा लाओसले १-० को अग्रता बनायो। दोस्रो हाफ सुरु भएको चौथो मिनेटमा नेपाललाई अर्को झट्का लाग्यो। पिटर फान्थाभोङ्गले लाओसको अग्रता दुगुना गरे।

२-० पछि परेको नेपालका मनिष डाँगीलाई लाओसका खेलाडीले बक्सभित्र फाउल हाने। रेफ्रीले नेपाललाई पेनाल्टीको अवसर दिए। खेलको ७१ औं मिनेटमा पेनाल्टीमा मनिषले गोल गरे। नेपालले गोल अन्तर घटायो। थप गोल गर्न नसक्दा नेपाल लाओससँग हार बेहोर्न बाध्य भयो।

यसअघि नेपाल पहिलो खेलमा मलेसियासँग २-० ले हारेको थियो। दुई खेलको समाप्तिमा नेपालले अंकको खाता खोल्न सकेको छैन।

नेपाल र लाओसबीचको यो सातौं भिडन्त हो। जहाँ लाओस पहिलो पटक नेपाललाई हराउन सफल रहयो। यसअघि नेपालले ३ खेलाम लाओसलाई हराउँदा ३ खेल बराबरीमा सकिएको थियो।

लाओससँग खेल्नु अगाडि नेपालले तयारीको लागि तुलनात्मक रूपमा बलियो प्रतिद्वन्द्वी हङ्कङसँगै अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा गोल रहित बराबरी खेलेको थियो।

प्रशिक्षक म्याट रसको प्रशिक्षणमा चौथो खेल हो। सिंगापुर विरूद्ध नेपालले जित निकाल्दा मलेसियासँग २-० को हार बेहोरेको थियो। हङकङसँग भने बराबरी नतिजा आएको थियो।

नेपाल सम्मिलित समुहमा लाओस, मलेसिया र भियतनाम रहेका छन्। वरीयताका आधारमा भियतनाम र मलेसिया नेपाल भन्दा बलियो प्रतिद्वन्द्वी हुन्।

समूहमा रहेका प्रत्येक टोलीले होम एण्ड अवेको आधारमा कुल ६ खेल खेल्नेछन्। यसपछि समूह विजेताले २०२७ मा साउदी अरेबियामा हुने १९ औं एसियन कपमा स्थान बनाउनेछ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.