6 months ago
June 10, 2025
सुशील पन्त क्षेत्री,भरतपुर
सूर्यपुर एफसी चौथो पेन्गुईन भरतपुर २४ गोल्डकप फुटबल प्रतियोगिताको को सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो चरणको अन्तिम खेलमा आज मकवानपुर ११ लाई २-० ले हराउँदै सूर्यपुरले सेमिफाइलमा स्थान बनाएको हो ।
सिद्धार्थ माविको मैदानमा भएको खेलमा सूर्यपुरलाई जिताउन पासाङ लामा र राम थापाले गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको पहिलो मिनेटमा नै लक्षु थापाको सेटअपमा पासाङले गोल गर्दै सूर्यपुरलाई अग्रता दिलाए । खेलको अन्तिम मिनेटमा रामले गोल गर्दै सूर्यपुरको जित निश्चित गरे । उनले चन्दन दासको सेटअपमा सुन्दर गोल गरेका हुन् । सूर्यपुरका पासाङ प्लेयर अफ दि म्याच भए ।
सूर्यपुरले जेठ २९ गते दोस्रो सेमिफाइनलमा जनशक्ति युवा क्लब नवलपरासीको सामना गर्नेछ । जनशक्ति यस अघि नै साविक विजेता स्टार स्पोर्टस क्लब माडीलाई हराउँदै अन्तिम चारमा पुगेको थियो ।
हानामी भरतपुर फुटबल क्लब बिएफसी र प्याराडाइज युथ क्लब रत्ननगरबीच बुधवार हुने पहिलो सेमिफाइनलमा दिउँसो ४ बजे सुरु हुनेछ ।

बिएफसी भरतपुर २४ खेलकुद विकास समिति तथा प्याराडाइज रामपुर एफसीलाई हराउँदै सेमिफाइनल पुगेका हुन् ।
प्रतियोगिताको फाइनल शनिवार हुनेछ । भरतपुर – २४ गोल्डकप उपभोक्ता समितिको आयोजनामा जारी प्रतियोगितामा ८ टोली सहभागी छन् ।
प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख ३ हजार तथा दोस्रो टोलीले १ लाख ७५ हजार प्राप्त गर्नेछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]