6 months ago
June 11, 2025
एजेन्सी – ब्राजिलले मंगलवार राति साओ पाउलोमा भएको खेलमा पाराग्वेलाई १-० ले पराजित गर्दै २०२६ विश्वकपका लागि छनोट भएको छ।
नयाँ प्रशिक्षक कार्लो एन्सेलोट्टीको लागि यो पहिलो जित हो। उनको पहिलो खेल गत बिहीवार इक्वेडरसँग गोलरहित बराबरीमा भएको थियो।
रियल म्याड्रिडका स्ट्राइकर भिनिसियस जुनियरले खेलको पहिलो हाफको अन्त्यतिर एक मात्र गोल गर्दै टोलीलाई जित दिलाए।
‘म आजको नतिजाबाट निकै खुसी छु। हामीलाई घरेलु दर्शकहरूसामु जित्न आवश्यक थियो र विश्वकपमा छनोट हुन पनि, जुन हाम्रो लक्ष्य थियो,’ भिनीसियसले भने।
‘अब अझ धेरै समय हुनेछ । कुन पक्ष सुधार गर्न सकिन्छ भन्ने बुझ्नका लागि। आज हाम्रो उत्कृष्ट प्रदर्शन थिएन, तर छनोटमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको जित हासिल गर्नु र विश्वकपका लागि राम्रो तयारी गर्नु हो।’
यो जितपछि ब्राजिलको अंक २५ पुगेको छ र अब दुई चरण मात्र बाँकी रहेको अवस्थामा उनीहरू कन्काकाफ राष्ट्रहरू अमेरिका, मेक्सिको र क्यानडामा हुने आगामी विश्वकपका लागि स्वत: छनोट भइसकेका छन्।
पाँचपटकका विश्वकप विजेता ब्राजिल अहिलेसम्म विश्वकप छनोटमा असफल भएका छैन। डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र इक्वेडर भने दक्षिण अमेरिकाको १८ खेलको छनोट चरणबाट विश्वकपमा स्थान सुरक्षित गरिसकेका अन्य दुई टोली हुन्।
अर्जेन्टिना र कोलम्बियाले १-१ को बराबरी खेले। बोलिभियाले चिल्लीलाई , उरुग्वेले भेनेजुएलालाई समान २-० ले हरायो भने पाराग्वे र इक्वेडरले गोलरहित बराबरी खेले।

December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]