default_image

6 months ago

June 12, 2025

फुटबल वृत्तले यसरी सम्झियो स्वर्गीय श्रेष्ठलाई

835 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले पूर्व कार्यवाहक अध्यक्ष तथा थ्री स्टार क्लबका पूर्व अध्यक्ष ललितकृष्ण श्रेष्ठको १०औं स्मृति दिवसमा एन्फा परिसरमा श्रद्धाञ्जली सभा आयोजना गर्यो ।

एन्फाको मुख्यालयमा रहेको स्वर्गीय श्रेष्ठको अर्धकदको शालिकमा श्रेष्ठका परिवारसँगै एन्फा पदाधिकारी, कर्मचारी, रेफ्री, प्रशिक्षक, खेलाडी, पत्रकार लगायत यू२० महिला टोलीका खेलाडीले माल्यार्पण गरेका थिए ।

एन्फाकै सभाहलमा आयोजित स्मृति सभामा विभिन्न व्यक्तित्वले श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गर्दै उनीसँगको स्मरण साटेका थिए ।

थ्री स्टार क्लबका महासचिव धर्मेन्द्र शाक्यले श्रेष्ठले खेलाडी हुँदा क्लबलाई डी डिभिजनबाट ए डिभिजनसम्म यात्रा गर्दा खेलाडी मात्र नभएर व्यवस्थापनमा पनि उत्तिकै व्यस्त रहने गरेको स्मरण गरे ।

श्रेष्ठले त्यसबेलादेखि नै युवाहरु समेटेर अघि बढ्नुपर्छ भन्ने धारणा राख्दै नेतृत्वको क्षमता देखाएको उनले बताए । क्लबले यहाँसम्म व्यावसायिक यात्रा तय गर्नु र फ्यान संस्कृति अघि बढाउनुमा श्रेष्ठकै देन रहेको शाक्यले चर्चा गरे ।

थ्री स्टारका पूर्व कप्तान तथा नेपाल फुबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले आफ्नो समयका हरेक खेलाडीसँग श्रेष्ठको अन्योंयाश्रित सम्बन्ध रहेको सम्झना गरे ।

लामाले आफ्नो फुटबल करिअरले उचाई लिनुमा स्वर्गीय श्रेष्ठको ठूलो देन रहेको बताउँदै वहाँले देखेको सपना प्राप्त गर्नु नै नेपाली फुटबलले दिने असली सम्मान हुने बताए ।

एन्फा अध्यक्ष पंकज नेम्वाङले स्वर्गीय श्रेष्ठले आफ्नो कार्यकालमा गरेको काम र व्यवहारले नै आजसम्म पनि सबैको माझ उत्तिकै प्रिय रहेको अनुभव साटे । उनले नेपाली फुटबलप्रति इमान्दार रहेर काम गरेमात्र स्वर्गीय श्रेष्ठलाई सच्चा श्रद्धाञ्जली हुने बताए ।

यसअघि एन्फाले स्वर्गीय श्रेष्ठको छोरा र छोरीको उच्च शिक्षासम्म आर्थिक भार बेहोर्ने निर्णय गरेपनि एन्फाले अब स्नातकसम्मको जिम्मेवारी लिने अध्यक्ष नेम्वाङले वचन दिए ।

श्रेष्ठको २०६२ जेठ २९ गते भैंसेपाटीस्थित नयाँ घरमा सरेकै राति करेन्ट लागेर निधन भएको थियो।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.