default_image

6 months ago

June 12, 2025

साफ यू२० महिला च्याम्पियनसिपमा ४ टोलीमात्र खेल्ने

760 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना हुने साफ महिला यू२० च्याम्पियनसिपमा नेपालसहित ४ राष्ट्रले मात्र सहभागिता जनाउने भएका छन् ।

बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स एरिनामा हुने प्रतियोगितामा आयोजक, नेपाल, श्रीलंका र भुटानले खेल्नेछन् । डबल राउन्ड रोबिनका आधारमा ११ देखि २१ जुलाईसम्म प्रतियोगिता हुनेछ । लिगको समापनमा शीर्षस्थानमा रहने टोलीले नै उपाधि जित्ने प्रावधान रहेको छ ।

सन् २०२४ मा यू१९ उमेर समूहमा भएको पछिल्लो संस्करणमा भारत र बंगलादेशले उपाधि बाँडेका थिए । उक्त फाइनल १-१ को बराबरी र टाइब्रेकर र सडन डेथमा ११-११ को स्थिति भएपछि रेफ्रीले कोइन टस गर्दै भारतलाई विजेता घोषित गर्दा विवाद भएपछि साफले दुवैलाई संयुक्त विजेता घोषित गरेको थियो ।

हालसम्म यू१८, यू१९ र यू२० उमेर गरेर ५ संस्करण सम्पन्न हुँदा नेपाल २ पटक उपविजेता र ३ पटक तेस्रो स्थान प्राप्त गरेको छ । बंगलादेश ४ पटक र भारत १ पटक विजेता रहेका छन् ।

नेपालले प्रतियोगिताका लागि विगत ३ सातादेखि प्रशिक्षण गर्दै आएको छ । याम गुरुङको मुख्य प्रशिक्षणमा टोली निर्माण भएको छ । जिल्ला र प्रदेश हुँदै विभिन्न छनोटबाट आएका खेलाडीबाट ४० सदस्यीय टोली हाल प्रशिक्षणमा छ ।

प्रशिक्षणमा रहेका खेलाडीहरु:

अमिता भुल, अनिशा राइ, अस्मिता गुरुङ, अवाणी राजेश्वरी, वर्षा ओली, भावना परियार, बिर्सना चौधरी, गङ्गा रोकाया, गायत्री मल्ल, झुमा विक, जुना तामाङ, कविता गुरुङ, करुणा बुढाथोकी, कुसुम खतिवडा, लिला चन्द, लिला जोशी, मनिषा सेन, मारिना लामा, माया मास्के, मिना देउवा, प्रतिमा शर्मा, पुनम चेम्जोङ, पुर्णिमा राई, रोजिता बिष्ट, रुपा लिम्बू, सविता मण्डल, सजिना स्याङतान, समिक्षा मगर, संगीता अधिकारी, सानिमा माया लो, सरिता कुमारी नाथ, सेमीहाङमा लिम्बू पंधक, सेनु परियार, सिता रोकाया, सिमरन राई, सुजाता तामाङ, सुक्रिया मिया, सुनिता सुनार, सुनिता विक, सुशिला केसी

मुख्य प्रशिक्षक : याम प्रसाद गुरुङ

सहायक प्रशिक्षक : सन्देश कुमार श्रेष्ठ, किरण कुमार कार्की

गोलरक्षक प्रशिक्षक : मिन बहादुर बस्नेत

व्यवस्थापक : इन्दु दुवाल

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.