6 months ago
June 13, 2025
एजेन्सी – म्यानचेस्टर सिटी छाडेका केभिन डे ब्रुइनले
इटालियन क्लब नापोलीमा आबद्ध भएका छन्।
बेल्जियमका मिडफिल्डर डे ब्रुइनले प्रिमियर लिग सिजनको अन्त्यसँगै सिटी छाडेका थिए। इटालियन च्याम्पियन नापोलीमा एन्टोनियो कोन्टे प्रमुख प्रशिक्षक छन् । उनले चेल्सी र टोटनहमको पनि नेतृत्व गरिसकेका छन्।
इटालीमा फ्रि ट्रान्सफरमार्फत गएका डे ब्रुइनले मेजर लिग सकर क्लब सिकागो फायरको प्रस्ताव अस्वीकार गरेको बताइएको छ थिए। उनले अर्को सिजन च्याम्पियन्स लिग खेल्न सक्नेछन्।
नापोलीले ३३ वर्षीय डे ब्रुइनको अनुबन्ध घोषणा गर्दै भनेको छ,’किङ केभ आएका छन्।’

डे ब्रुइनले सन् २०१५ मा वोल्फ्सबर्गबाट सिटीमा पुगेर त्यहाँ १० वर्ष बिताएका थिए । उनले सिटी लागि १९ ठूला उपाधि जितेका थिए।
सिटीलाई ६ प्रिमियर लिग उपाधि, ५ लिग कप, २ एफए कप र २०२३ मा क्लबको पहिलो च्याम्पियन्स लिग जिताउन उनले महत्वपूर्ण भूमिका खेले। त्यो सिजन सिटीले ट्रेबल जितेको थियो । त्यसरी तेहेरो उपाधि जित्ने इतिहासमै दोस्रो इंग्लिस टोली बनेको थियो।
उनले सिटी छाड्ने घोषणा सिजन सकिनुअघि नै गरेका थिए । मे महिनामा बोर्नमाउथविरुद्धको अन्तिम घरेलु खेलपछि उनले एतिहाद स्टेडियममा भावुक बिदाइ दिए।
सिटीको अन्तिम घरेलु खेलपछि फुलहमविरुद्धको अन्तिम खेलमा पनि उनी केहीबेर मैदानमा देखिए।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]