default_image

6 months ago

June 14, 2025

अर्जेन्टिनी कीर्तिमानी मस्तान्तुओनो रियलमा अनुबन्धित

2400 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडले अर्जेन्टिनाका लागि प्रतिस्पर्धात्मक खेलमा खेलेका सबैभन्दा कान्छा खेलाडी फ्राङ्को मस्तान्तुओनोलाई रिभर प्लेटबाट अनुबन्ध गरेको छ

१७ वर्षीय मस्तान्तुओनोको रिलिज क्लज सक्रिय गरेपछि रिभर प्लेटले ४५ मिलियन युरो प्राप्त गर्ने बताइएको छ। त्यो क्लबको लागि नयाँ कीर्तिमान हो।

अट्याकिङ मिडफिल्डर मस्तान्तुओनोले पछिल्ला दुई सिजनमा रिभर प्लेटको पहिलो टोलीमा नियमित रुपमा खेल्दै आइरहेका छन्। उनले बोका जुनीअर्सविरुद्धको डर्बीमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान पनि बनाएका छन्।

गत हप्ता उनी अर्जेन्टिनाको प्रतिस्पर्धात्मक खेलमा डेब्यु गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए। चिलीविरुद्धको विश्वकप छनोटको १-० को जितमा अन्त्यतिर प्रतिस्थापन खेलाडीका रुपमा मस्तान्तुओनो मैदान प्रवेश गरेका थिए।

उनको रियलसँगको ६ वर्षे सम्झौता १४ अगस्टबाट सुरु हुनेछ । सोही दिन उनले १८ वर्ष पूरा हुनेछन् । यो ट्रान्सफर विण्डोमा रियलले भित्राएको उनी तेस्रो हुन् । यसअघि लिभरपुलका डिफेन्डर ट्रेन्ट अलेक्ज्याण्डर-अर्नोल्ड र बर्नमाउथका डिन हुइजसेनसँग सम्झौता भएको थियो।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.