default_image

6 months ago

June 14, 2025

अर्जेन्टिनी कीर्तिमानी मस्तान्तुओनो रियलमा अनुबन्धित

2396 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडले अर्जेन्टिनाका लागि प्रतिस्पर्धात्मक खेलमा खेलेका सबैभन्दा कान्छा खेलाडी फ्राङ्को मस्तान्तुओनोलाई रिभर प्लेटबाट अनुबन्ध गरेको छ

१७ वर्षीय मस्तान्तुओनोको रिलिज क्लज सक्रिय गरेपछि रिभर प्लेटले ४५ मिलियन युरो प्राप्त गर्ने बताइएको छ। त्यो क्लबको लागि नयाँ कीर्तिमान हो।

अट्याकिङ मिडफिल्डर मस्तान्तुओनोले पछिल्ला दुई सिजनमा रिभर प्लेटको पहिलो टोलीमा नियमित रुपमा खेल्दै आइरहेका छन्। उनले बोका जुनीअर्सविरुद्धको डर्बीमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान पनि बनाएका छन्।

गत हप्ता उनी अर्जेन्टिनाको प्रतिस्पर्धात्मक खेलमा डेब्यु गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए। चिलीविरुद्धको विश्वकप छनोटको १-० को जितमा अन्त्यतिर प्रतिस्थापन खेलाडीका रुपमा मस्तान्तुओनो मैदान प्रवेश गरेका थिए।

उनको रियलसँगको ६ वर्षे सम्झौता १४ अगस्टबाट सुरु हुनेछ । सोही दिन उनले १८ वर्ष पूरा हुनेछन् । यो ट्रान्सफर विण्डोमा रियलले भित्राएको उनी तेस्रो हुन् । यसअघि लिभरपुलका डिफेन्डर ट्रेन्ट अलेक्ज्याण्डर-अर्नोल्ड र बर्नमाउथका डिन हुइजसेनसँग सम्झौता भएको थियो।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.