default_image

6 months ago

June 15, 2025

इपिएल रमाइलोको पुरस्कार वितरण सम्पन्न

256 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इंग्लिस प्रिमियर लिगको फ्यान्टसी प्रिमियर लिग खेलमा लिग संचालन गर्दै आइरहेको इपिएल रमाइलो नेपाल (इआरएन) ले सन् २०२४/२५ को पुरस्कार विजेतालाई पुरस्कृत गरेको छ ।

इङ्ग्लिस प्रिमियर लिग क्लबका समर्थकहरुले सन्चालन गरेको समुह इआरएनले वर्षेनी आयोजना गर्दै आएको फ्यान्टसी लिगको गत सिजनको विजेता सुवास सुवेदी रहे । उनले २ लाख रुपैयाँ प्राप्त गरे । त्यस्तै उपविजेता राजु तिमल्सिनाले १ लाख रुपैयाँ हात पारे । दुवै टोटेनहम हट्सपरको समर्थक हुन् ।

कार्यक्रमकै अवसरमा इआरएनले खेलाडी सहायता कोषको पनि स्थापना गरेको छ । नेपाली घरेलु फुटबल खेलाडीहरु घाइते हुँदा वा अन्य आपतकालिन अवस्थामा केही आर्थिक सहायता गरेर खेलाडीको मनोबल उच्च कायम राख्न मद्दत गर्ने उद्देश्यले यो कोष स्थापना गरिएको सस्थाका अध्यक्ष अरविन्द मरासिनीले बताए । हाल रु ५० हजारको अक्षयकोषबाट यो कोषको सुरु गरिएको छ भने प्रत्यक वर्ष रु ५० हजार थप गर्दै जाने आयोजकले जनाएको छ ।

सन् २०१७ देखि सामाजिक सन्जालमा सक्रिय इआरएनले खेलसँगै विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको छ । कार्यक्रममा वरिष्ठ खेल पत्रकार तथा ‘स्वर्णकथा नेपाली फुटबलको’ पुस्तकका लेखक हिमेशरत्न बज्राचार्यको प्रमुख अतिथि थिए ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.