6 months ago
June 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ यु २० महिला च्याम्पियनसिपको तयारीका क्रममा प्रशिक्षणमा रहेका खेलाडीको संख्या ३० जनामा घटाइएको छ।
यु-२० महिला राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक यमप्रसाद गुरुङले बन्द प्रशिक्षणमा रहेका ४० बाट ३० खेलाडीको छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
टोलीले असार २७ देखि साउन ४ गते ( सन् २०२५ जुलाई ११ देखि २२ ) सम्म बंगलादेशमा हुने साफ यू-२० महिला च्याम्पियनसिपमा भाग लिनेछ ।
बंगलादेश जानु अघि टोलीको अन्तिम छनोट हुनेछ। च्याम्पियनसिपमा नेपाल, आयोजक बंगलादेश, भारत र भुटान गरि ४ टोलीको सहभागिता रहनेछ। असार २७ गते भुटानसँग खेल्दै नेपालले च्याम्पियनसिपको सुरुवात गर्नेछ।
छनोट हुने ३० खेलाडी
अनिशा राई, अस्मिता गुरुङ, बर्षा ओली, भावना परियार, बिर्सना चौधरी, गङ्गा रोकाया, झुमा विश्वकर्मा, जुना तामाङ, कविता गुरुङ, करुणा बुढाथोकी, कुसुम खतिवडा, लिला चन्द, लिला जोशी, मनिषा सेन, माया मास्के, मीना देउवा, पूर्णिमा राई, पुनम चेम्जोङ, सजिना स्याङ्तान, समिक्षा मगर, सनीमा माया लो, सरिता कुमारी नाथ, सेमिहाङमा लिम्बु पन्धाक, सेनु परियार, सिम्रन राई, सिता रोकाया, सुजाता तामाङ, शुक्रिया मियाँ, सुशीला केसी, रुपा लिम्बु।

December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]