9 years ago
March 4, 2017
बुटवल – नीराजन खड्का चम्केपछि सिएमजी क्लब संकटाले १९ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिभुवन आर्मी क्लबसँग १–० ले पछि परेको खेल २–१ ले आफ्नो पक्षमा पार्दै संकटाले बर्षको तेस्रो नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको हो । संयोग तीनै उपाधि जित्दा संकटाले आर्मीलाई नै हराएको थियो । यसअघि चितवनको विकास रनिङ शिल्ड र गत महिना रुस्लान सिमरा गोल्ड फुटबल प्रतियोगिताको फाइनलमा पनि संकटाले आर्मीलाई हराएको थियो । योसँगै यो बर्ष घरेलु फुटबलका तीनवटा नकआउट प्रतियोगिता जित्ने संकटा तेस्रो क्लब बनेको छ । यसअघि त्रिभुवन आर्मी क्लब र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले पनि तीन वटा उपाधि जितेका थिए ।
देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा शनिबारको फाइनलमा संकटाका लागि दुवै गोल नीराजनले गरेका थिए । निराजनले खेल सकिन ५ मिनेट बाँकी रहँदा नीराजनले निर्णायक गोल गरेका थिए ।
त्यसअघि उनले पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा बराबरी गोल गरेका थिए । ३० औं मिनेटमा राजीव गुरुङले गोल गर्दैै आर्मीलाई अघि बढाएका थिए । तर, इन्जुरी समयको पहिलो मिनेटमा नीराजन खड्काले गोल फर्काउँदै खेललाई बरारीमा पुर्याएका थिए ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा फागुन १२ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतका दुई टोलीसहित १० टोलीको सहभागिता थियो ।
मोसफलकै प्रतिष्ठित गोल्डकप मध्येको एक तिलोत्तमा २०३३ सालबाट सुरु भएपनि पटक पटक आर्थिक अभाव र अन्य कारणले रोकिने गथ्र्यो । गत बर्षबाट प्रतियोगिताले पुनः निरन्तरता पाएको छ । यसपटक प्रतियोगितालाई अग्नी सिमेन्टले मुख्य प्रायोजन गरेको छ ।
बुटवल उप महानगरपालिकाको संरक्षणमा संचालन हुने प्रतियोगितालाई करेन्ट मसला र हुवाइ मोबाइल सहयोग प्रायोजन गरेका छन् । त्यस्तै अखिल नेपाल फुटबल सघं (एन्फा), राष्ट्रिय खेलकुद परिषद (राखेप) र रुपन्देही जिल्ला विकास समिति प्रतियोगिताको विशेष सहयोगीका रुपमा रहेका छन् ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]