default_image

6 months ago

June 16, 2025

सूर्यपुरलाई भरतपुर २४ गोल्ड कप उपाधि

670 views

0 Bookmark

सुशील पन्त क्षेत्री,भरतपुर

सूर्यपुर एफसीले चौथो पेन्गुईन भरतपुर २४ गोल्डकप फुटबलको उपाधि जितेको छ । हानामी भरतपुर फुटबल क्लब (बिएफसी) लाई आइतवार ३-१ ले हराउँदै सूर्यपुर च्याम्पियन बनेको हो ।

दोस्रो पटक यस प्रतियोगितामा सहभागी सूर्यपुरले पहिलो पटक उपाधि जितेको हो । पहिलो संस्करणको विजेता बिएफसी भने चौथी संस्करणमा उपविजेतामा सीमित भएको छ ।

सूर्यपुरको जितमा बिक्की चामलिङ राईले २ र जय गुरुङले १ गोल गरे । बिएफसीले एक उपहार गोल पाएको थियो ।

खेलमा अग्रता भने बिएफसीले लियो । खेलको नवौं मिनेटमा राम थापाको आत्मघाती गोलमा बिएफसीले अग्रता लियो । तर अग्रता धेरै समय टिकेन । १९ औं मिनेटमा जयले गोल गर्दै खेललाई बराबरी गरे ।

२४ औं मिनेटमा बिक्कीले गोल गर्दै सूर्यपुरलाई अग्रता दिलाए । २७ औं मिनेटमा बिक्कीले व्यक्तिगत दोस्रो गोल गरेपछि सूर्यपुर विजयी भयो । बिक्की फाइनलको प्लेयर अफ दि म्याच भए ।

च्याम्पियन सूर्यपुरले ट्रफीसहित ३ लाख ३ हजार र बिएफसीले १ लाख ७५ हजार रुपैयाँ प्राप्त गरेको छ ।सूर्यपुरका जय गुरुङ प्लेयर अफ दि सिरिज भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

सूर्यपुरकै प्रदिप भण्डारी उत्कृष्ट गोलरक्षक, रोशन उत्कृष्ट प्रशिक्षक तथा बिएफसीका निर्मल घिसिङ उत्कृष्ट डिफेन्डर चुनिए । उनीहरुले समान ५ हजार रुपैयाँ प्राप्त गरे ।

भरतपुर २४ गोल्डकप उपभोक्ता समितिको आयोजनामा भएको प्रतियोगितामा ८ टोली सहभागी थिए । 

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.