default_image

6 months ago

June 16, 2025

पिएसजीले एट्लेटिकोलाई हरायो

1192 views

0 Bookmark

एजेन्सी – फिफा क्लब विश्वकप अन्तर्गत समूह बीको खेलमा युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेनले स्पेनिस क्लब एट्लेटिक म्याड्रिडलाई ४-० ले पराजित गरेको छ ।

पिएसजीले दुवै हाफमा २-२ गोल गर्दै सहज जित पक्का गरेको हो । खेलको १९ औं मिनेटमा फाबियन रुइजले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गर्दै फ्रान्सेली टोलीलाई अघि बढाए । पहिलो हाफको इन्ज्युरी समयमा भिटिन्हाले अग्रता दोब्बर पारे ।

५८ औं मिनेटमा जुलियन अल्भारेजले गोल फर्काएपनि उक्त मुभका क्रममा फल भएकाले गोलले भिडियो असिस्टेन्ट रेफ्रीको सहायताले मान्यता पाएन । ८७ औं मिनेटमा सेनी मायुलुले गोल गर्दै ३-० को अग्रता दिलाए । इन्ज्युरी यमयमा लि कांग इनले पेनाल्टीमा गोल गर्दै जित पक्का गरे ।

समूह बी अन्तर्गत नै आज ब्राजिलको बोटाफोगो र क्यानडाको सिआटल साउन्डर्सबीच खेल हुँदैछ ।

आजै सम्पन्न समूह ए को खेलमा पोर्चुगलको एफसी पोर्टो र ब्राजिलको पाल्मेरसले गोलरहित बराबरी खेल्दै अंक बाँडे । यस समूहमा हिजो इन्टर मायमी र अल आहली पनि गोलरहित बराबरीमै रोकिएका थिए ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.