6 months ago
June 16, 2025
एजेन्सी – इटालीले पूर्व मिडफिल्डर जेन्नारो गट्टुसोलाई आफ्नो नयाँ प्रशिक्षक नियुक्त गरेको छ।
एसी मिलानका पूर्वमहान खेलाडी गट्टुसोले लुसियानो स्पालेत्तिको स्थान लिने छन् । उनलेले गत हप्ता पत्रकार सम्मेलनमा आफूले पद छाडेको घोषणा गरेका थिए।
४७ वर्षीय गट्टुसोले इटालीका लागि ७३ खेल खेलेका छन् । उनी सन् २००६ मा विश्वकप जित्ने टोलीका सदस्य हुन् । अब उनी त्यही प्रतियोगिताका लागि २० वर्षपछि प्रशिक्षकका रूपमा टोली नेतृत्व गर्न लागेका छन्।
इटालीले युरो २०२० जितेको थियो। तर पछिल्लो पटक भएको प्रतियोगिताका लागि छनोट हुन सकेन। त्यसैगरी, उनीहरू पछिल्ला दुई विश्वकपमा पनि छनोट हुन चुकेको थियो।
यो महिनाको सुरुमा नर्वेसँग ३–० ले पराजित भएपछि स्पालेत्तिको पद धरापमा परेको थियो। इटालियन फुटबल महासंघ (एफआइजिसी) ले गट्टुसोलाई बिहीवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने पुष्टि गरेको छ।
एफआइजिसीका अध्यक्ष गाब्रिएले ग्राभिनाले भने,
‘गट्टुसो इटालियन फुटबलको प्रतीक हुन्। उनको प्रेरणा, पेशागतता र अनुभवले राष्ट्रिय टोलीका आगामी चुनौतीहरू सामना गर्न अत्यन्त महत्त्वपूर्ण भूमिका खेल्नेछ।’
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]