9 years ago
March 4, 2017
बुटवल (हाम्रो खेलकुद) – तिलोत्तोमा गोल्डकप फुटबल प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि आयोजक रुपन्देहि-११का गोलरक्षक दिलीप क्षेत्रीले पाएका छन्। क्षेत्रीले एक थान स्कुटर पुरस्कार पाएका छन्।

यसैगरी उत्कृष्ट गोलरक्षक संकटाका विनय श्रेष्ठ भए भने संकटाकै निराजन खड्का उत्कृष्ट मिडफिल्डर चुनिए। आर्मीका हिरण्य मगर उत्कृष्ट डिफेन्डर छानिदा दिप लामाले उच्च गोलकर्ताको उपाधि जिते। सबै विधागत विजेताले नगद रु १५,००० पुरस्कार पाए।
संकटाका प्रशिक्षक सल्यान खड्गीले उत्कृष्ट प्रशिक्षकको उपाधिसंगै नगद २० हजार जिते।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]