default_image

6 months ago

June 17, 2025

क्लब विश्वकपमा चेल्सीको‌ जित

807 views

0 Bookmark

एजेन्सी- लियाम डेलापले चेल्सीको तर्फबाट डेब्यु गरेको क्लब विश्वकपको पहिलो खेलमा चेल्सीले लस एन्जलस एफसीमाथि २-० को जित हासिल गरेको छ।

अटलान्टाको मर्सिडीज-बेन्ज स्टेडियममा भएको खेलमा हजारौं खाली सिट खाली थिए। ३४ औं मिनेटमा मा पेड्रो नेटोले नजिकको पोस्टमा गरेको प्रहारले गोलको खाता खोलेका ।

एन्जो फर्नान्डेजले ७९ औं मिनेटमा टोलीको लागि दोस्रो गोल गरे। डेलापको क्रसमा फर्नान्डेजले नजिकैबाट गोल थपेका हुन्‌ ।

तर खेलको मुख्य चर्चा ७१ हजार क्षमताको रंगशालामा २२ हजार १ सय ३७ दर्शक मात्र उपस्थित हुनु रह्यो।चेल्सीको सोचे जस्तो प्रदर्शन गर्न नसकेपनि टोली उत्कृष्ट फिनिसिङका उत्कृष्ट रह्यो ।

डेलापले ६४ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै प्रभावशाली प्रदर्शन गरे। उनी यसै महिनाको ३० मिलियन पाउन्डमा इप्सविचबाट चेल्सी आएका हुन्।

विश्वकप विजेता फ्रेन्च खेलाडी ओलिभियर जिरुड र हुगो लोरिस सहभागी रहेको कमजोर टोली लस एन्जलस एफसीले केही चुनौती सिर्जना गर्यो। तर डेनिस बुवाङ्गा र डेभिड मार्टिनेजले पाएको अवसरलाई गोलमा परिणत गर्न सकेनन्।

चेल्सीका लागि मिडफिल्डर डारियो एस्सुगोले पनि पहिलोपटक मैदानमा डेब्यु गरे। चेल्सीले कन्फरेन्स लिग फाइनल समेत गरि पछिल्ला ९ मध्ये ८ खेलमा जित दर्ता गरेको छ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.