6 months ago
June 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – फिफा क्लब विश्वकप अन्तर्गत समूह डी को खेलमा फ्लामेंगोले एस्पेरेन्सलाई २-० ले हराउँदै विजयी सुरुवात गरेको छ ।
फ्लामेंगोले खेलको १७ औं मिनेटमा जर्जियन डे अरासेटाको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफको ७० औं मिनेटमा लुइज अरौजोले गोल गर्दै सहज जित पक्का गरे ।
समूहकै अर्को खेलमा चेल्सीले लस एन्जेलस एफसीलाई २-० ले हराएको थियो । चेल्सीको जितमा पेड्रो नेटो र एन्जो फर्नान्डेजले १-१ गोल गरेका थिए ।
यस्तै समूह सीको खेलमा बोका जुनिअर्स र बेन्फिकाले २-२ को बराबरी खेले ।
आज राती ९:४५ बजे हुने खेलमा फुमिनेन्सले बोरुसिया डर्टमुन्डको सामना गर्नेछ । त्यस्तै समूह ई अन्तर्गत मध्यरात १२:४५ बजे रिभर प्लेट र उरावा रेड डायमन्ड्स तथा विहान ६:४५ बजे मोन्टरे र इन्टर खेल्नेछन् । विहान ३:४५ बजे उल्सान ह्युन्डाइ र मामेलोडी सन्डाउन्स एफसी खेल्नेछन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]