default_image

6 months ago

June 17, 2025

फुटबलर सन्देशको शल्यक्रिया

694 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- मोरङको बेलबारी निवासी युवा फुटबल खेलाडी सन्देश आचार्यको घुँडाको शल्यक्रिया भएको छ

नेपाल फुटबल खेलाडी संघको पहलमा बी एण्ड बी अस्पतालमा उनको मंगलवार निःशुल्क शल्यक्रिया भएको हो।

झन्डै ८ महिनासम्म उपचारका लागि स्थानीय तहबाट सहयोग नपाएका उनले बेलबारी फुटबल क्लबका प्रतिनिधि शंकर सुवेदी मार्फत फुटबल खेलाडी संघसँग सम्पर्क गरेका थिए। संघले उपचारको सम्पूर्ण व्यवस्थापन गरेको हो।

संघ खेलाडी उपचारमा सक्रिय रहँदै आएको छ। संघको पहलमा उपचार सुविधा प्राप्त गर्ने सन्देश २ सय ११ औं खेलाडी हुन्।

संघका अनुसार सन्देश जस्तै संघको पहलमा शल्यक्रिया गराएका धेरैजसो खेलाडी अहिले अखिल नेपाल फुटबल संघ (एन्फा) को फिजियोथेरापी विभागमा निःशुल्क परामर्श तथा फिजियो सेवा लिरहेका छन्।

धेरै खेलाडी मैदानमा फर्किने तयारीमा समेत रहेका छन्।
संघले सफल शल्यक्रियामा सहयोग पुर्याउने बी एण्ड बी अस्पताल तथा चिकित्सहरूलाई धन्यवाद दिएको छ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.