default_image

6 months ago

June 17, 2025

फुटबलर सन्देशको शल्यक्रिया

697 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- मोरङको बेलबारी निवासी युवा फुटबल खेलाडी सन्देश आचार्यको घुँडाको शल्यक्रिया भएको छ

नेपाल फुटबल खेलाडी संघको पहलमा बी एण्ड बी अस्पतालमा उनको मंगलवार निःशुल्क शल्यक्रिया भएको हो।

झन्डै ८ महिनासम्म उपचारका लागि स्थानीय तहबाट सहयोग नपाएका उनले बेलबारी फुटबल क्लबका प्रतिनिधि शंकर सुवेदी मार्फत फुटबल खेलाडी संघसँग सम्पर्क गरेका थिए। संघले उपचारको सम्पूर्ण व्यवस्थापन गरेको हो।

संघ खेलाडी उपचारमा सक्रिय रहँदै आएको छ। संघको पहलमा उपचार सुविधा प्राप्त गर्ने सन्देश २ सय ११ औं खेलाडी हुन्।

संघका अनुसार सन्देश जस्तै संघको पहलमा शल्यक्रिया गराएका धेरैजसो खेलाडी अहिले अखिल नेपाल फुटबल संघ (एन्फा) को फिजियोथेरापी विभागमा निःशुल्क परामर्श तथा फिजियो सेवा लिरहेका छन्।

धेरै खेलाडी मैदानमा फर्किने तयारीमा समेत रहेका छन्।
संघले सफल शल्यक्रियामा सहयोग पुर्याउने बी एण्ड बी अस्पताल तथा चिकित्सहरूलाई धन्यवाद दिएको छ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.