6 months ago
June 18, 2025
एजेन्सी – इटालियन टोली इन्टर मिलानले च्याम्पियन्स लिग फाइनल हारेको पहिलो खेलमै बुधवार विश्वकपको उद्घाटन खेलमा मेक्सिकन क्लब मोन्टेरेसँग १-१ को बराबरीमा खेलेको छ ।
अनुभवी स्पेनी स्टार सर्जियो रामोसले पहिलो हाफमा एक शानदार हेडरमार्फत मोन्टेरेका लागि गोल गरे ।
इन्टरका लागि लउटारो मार्टिनेजले पहिलो हाफको अन्त्यतिर बराबरी गोल फर्काए।
४२औं मिनेटमा कार्लोस अगस्टोको पासमा सहज ट्याप-इन गोल गर्दै मार्टिनेजले बराबरी गरे। लगभग ६२ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेपनि इन्टरले दोस्रो गोल निकाल्न सकेन। मोन्टेरेले भने केवल एक पटक मात्र गोलपोस्टमा प्रहार गर्न सक्यो ।
इन्टरका नयाँ प्रशिक्षक क्रिस्टियन चिभुले पनि यसै खेलमार्फत डेब्यु गरे। क्लबले म्युनिखमा पेरिस सेन्ट जर्मेनसँग ५-० ले पराजित भएको १७ दिनपछि इन्टरको यो पहिलो खेल थियो।
मार्टिनेजले ६८औं मिनेटमा अर्को गोल गरेजस्तो देखिए पनि उनी अफसाइडमा थिए। अन्तिम केही मिनेटमा दुवै टोलीले गोलको नजिक पुगे पनि सफल हुन सकेनन्।
समूह इको त्यो खेलमा चिभुले च्याम्पियन्स लिग फाइनल खेल्ने सिमोने इन्जाघीका ११ खेलाडीमध्ये ७ जनालाई मात्र सुरुवातमा मैदान उतारेका थिए।
अमेरिकामा जारी क्लब विश्वकप २०२५ म अर्जेन्टिनी क्लब रिभर प्लेटले विजयी सुरुवात गरेको छ ।
समूह ‘इ’ को खेलमा रिभर प्लेटले जापानी क्लब उरावा रेड डायमन्ड्सलाई ३-१ ले पराजित गर्यो।
रिभर प्लेटका लागि फाकुन्डो कोलिडियोले १२औं मिनेटमा पहिलो गोल गरे। ४८औं मिनेटमा सेबास्टियन ड्रइसीले अग्रता दोब्बर पारे।
उरावाका लागि ५८औं मिनेटमा युसुके मात्सुओले पेनाल्टीमार्फत एक गोल फर्काए । ७३औं मिनेटमा रिभर प्लेटका म्याक्सिमिलानो मेजाले गोल गर्दै टोलीको जित निश्चित गरे ।
समूह एफमा बोरुसिया डर्टमुन्ड र ब्राजिलियन क्लब फ्लुमिनेन्स एफसीबीचको खेल गोलरहित बराबरीमा सकिएको छ।
समूह एफको अर्को खेलमा दक्षिण अफ्रिकी क्लब मामेलोदी सनडाउन्स एफसीले दक्षिण कोरियाली क्लब उल्सन एचडीलाई १-० ले पराजित गर्यो।

December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]