default_image

6 months ago

June 18, 2025

लिभरपुल र बर्नमाउथबीच पहिलो खेल हुने

694 views

0 Bookmark

एजेन्सी – साविक विजेता लिभरपुलले २०२५–२६ प्रिमियर लिग सिजनको उद्घाटन खेलमा बर्नमाउथको सामना गर्नेछ। म्यानचेस्टर युनाइटेड र आर्सनलले‌ एक अर्काको सामना गर्दै नयाँ सिजनको सुरुवात गर्नेछन् ।

आर्ने स्लटको नेतृत्वमा पहिलो सिजनमै लिग उपाधि जितेको लिभरपुलले अगस्ट १५(साउन ३० गते) एनफिल्डमा नयाँ सिजनको उद्घाटन खेल खेल्दै आफ्नो उपाधि रक्षा यात्रा सुरु गर्नेछ।

२०१६–१७ पछि पहिलोपटक शीर्ष डिभिजनमा फर्किएको सुन्डरल्यान्डले आफ्नो खेल वेस्ट ह्यामविरुद्ध घरेलु मैदानमा खेल्नेछ।

च्याम्पियनसिप विजेता लिड्स युनाइटेडले अगस्ट १८ ( भदौ २ गते) मा एभर्टनको सामना गर्नेछ । पहिलो प्रयासमै पुनः शीर्ष लिगमा बढुवा भएको बर्नलीले युरोपा लिग विजेता टोटनहमसँग प्रतिस्पर्धा गर्नेछ । टोटनहमले नयाँ प्रशिक्षक थोमस फ्र्याङ्कको नेतृत्व प्रिमियर लिग यात्रा सुरु गर्नेछ।

पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीले मोलिनेक्स स्टेडियममा वुल्भ्ससँग पहिलो खेल खेल्नेछ।
यो सिजनमा प्रिमियर लिग ३ सय ८० खेल हुनेछन् । जुन २०२६ को मे २४ मा लिग सकिने छ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.