default_image

6 months ago

June 20, 2025

प्रतिक्षालाई पहिलो पटक समेट्दै महिला टोलीको घोषणा

2709 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप २०२६ को छनोट चरणका लागि नेपालले अन्तिम टोली घोषणा गरेको छ ।

नवनियुक्त प्रशिक्षक प्याट्रिक डे वाइल्डले अनुभवी खेलाडीलाई प्राथमिकतामा राख्दै अन्तिम टोलीको घोषणा गरेका हुन् । यसपटक टोलीमा डिफेन्डर प्रतीक्षा चौधरी पहिलोपटक टिममा परेकी छिन् । एपिएफबाट राइट ब्याक पोजिसनमा खेल्ने उनी टोलीमा रहँदा पछिल्लो छनोटबाट सुष्मा तामाङ र तुलसा बोहोरा भने टिममा परेनन् ।

नेपाल र आयोजक उज्वेकिस्तानसँगै समूह एफ मा लाओस र श्रीलंका पनि रहेका छन् । हरेक समूहको विजेताले अष्ट्रेलियामा हुने एसियन कप खेल्नेछन् । नेपालले लाओससँग १५ असार (२९ जुन), श्रीलंकासँग १८ असार (२ जुलाई) र उज्वेकिस्तानसँग २१ असार (५ जुलाई) मा खेल्नेछ ।

नेपालले हालसम्म उज्वेकिस्तानविरुद्ध खेलेको सबै ३ खेल हारेको छ । लाओसविरुद्ध हालसम्म नखेलेको नेपालले श्रीलंकामाथि भने सबै ८ खेलमा जितको नतिजा निकालेको छ ।

छनोटमा सहभागी ३४ टोलीलाई ८ समूहमा विभाजन गरिएको हो । एसियन कप सन् २०२६ मार्चमा अष्ट्रेलियामा हुँदैछ । प्रतियोगितामा १२ टोली सहभागी हुनेछन् । आयोजक अष्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान भने छनोट भइसकेका छन् ।

नेपाली टिम :

गोलरक्षक : एन्जिला तुम्बापो सुब्बा, उषा नाथ, अन्जना राना मगर

डिफेन्डर : गीता राना, निशा थोकर, समिक्षा घिमिरे, मनमाया दमाइ, प्रतीक्षा चौधरी, विमला विक, पुजा राना, अमृता जैशी

मिडफिल्डर : विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोट, प्रिती राई, सरु लिम्बू, सविता रानामगर, सरस्वती हमाल

फरवार्ड : सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.