6 months ago
June 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप २०२६ को छनोट चरणका लागि नेपालले अन्तिम टोली घोषणा गरेको छ ।
नवनियुक्त प्रशिक्षक प्याट्रिक डे वाइल्डले अनुभवी खेलाडीलाई प्राथमिकतामा राख्दै अन्तिम टोलीको घोषणा गरेका हुन् । यसपटक टोलीमा डिफेन्डर प्रतीक्षा चौधरी पहिलोपटक टिममा परेकी छिन् । एपिएफबाट राइट ब्याक पोजिसनमा खेल्ने उनी टोलीमा रहँदा पछिल्लो छनोटबाट सुष्मा तामाङ र तुलसा बोहोरा भने टिममा परेनन् ।
नेपाल र आयोजक उज्वेकिस्तानसँगै समूह एफ मा लाओस र श्रीलंका पनि रहेका छन् । हरेक समूहको विजेताले अष्ट्रेलियामा हुने एसियन कप खेल्नेछन् । नेपालले लाओससँग १५ असार (२९ जुन), श्रीलंकासँग १८ असार (२ जुलाई) र उज्वेकिस्तानसँग २१ असार (५ जुलाई) मा खेल्नेछ ।
नेपालले हालसम्म उज्वेकिस्तानविरुद्ध खेलेको सबै ३ खेल हारेको छ । लाओसविरुद्ध हालसम्म नखेलेको नेपालले श्रीलंकामाथि भने सबै ८ खेलमा जितको नतिजा निकालेको छ ।
छनोटमा सहभागी ३४ टोलीलाई ८ समूहमा विभाजन गरिएको हो । एसियन कप सन् २०२६ मार्चमा अष्ट्रेलियामा हुँदैछ । प्रतियोगितामा १२ टोली सहभागी हुनेछन् । आयोजक अष्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान भने छनोट भइसकेका छन् ।
नेपाली टिम :
गोलरक्षक : एन्जिला तुम्बापो सुब्बा, उषा नाथ, अन्जना राना मगर
डिफेन्डर : गीता राना, निशा थोकर, समिक्षा घिमिरे, मनमाया दमाइ, प्रतीक्षा चौधरी, विमला विक, पुजा राना, अमृता जैशी
मिडफिल्डर : विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोट, प्रिती राई, सरु लिम्बू, सविता रानामगर, सरस्वती हमाल
फरवार्ड : सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल

December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]