default_image

6 months ago

June 20, 2025

नेपालका कुनै क्लबले एएफसी क्लब लाइसेन्स पाएनन्!

3003 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कुनै पनि क्लबले एसियाली फुटबल महासंघ (एएफसी) को प्रतियोगिता खेल्न आवश्यक लाइसेन्स प्राप्त गर्न नसकेको सार्वजनिक भएको छ ।

कुनैपनि क्लबले लाइसेन्स प्राप्त नगरेसँगै २०२५/२६ सिजनमा एएफसीको क्लब प्रतियोगितामा नेपालको सहभागिता नहुने निश्चित भएको छ । गत सिजन ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज युनाइटेडले एएफसी क्लब लाइसेन्स प्राप्त गर्दै एएफसी च्यालेन्ज लिगको प्लेअफ खेलेको थियो । तर यस सिजन भने नेपालका कुनै क्लबले लाइसेन्स प्राप्त गर्न सकेनन् ।

एएफसीले क्लब संचालनका आवश्यक रहेको न्यूनतम आवश्यकता पूरा गरे मात्र एएफसीको क्लब लाइसेन्स प्रदान गर्दै आएको छ । एएफसीले च्याम्पियन्स लिग एलिट र टु को लागि कडा प्रावधान राखेपनि च्यालेन्ज लिग खेल्ने क्लबहरुका लागि भने निकै सहज प्रावधान राखेको छ । जस अनुसार भुटानबाट मात्र ४ क्लबले एएफसी लाइसेन्स प्राप्त गरेका थिए । यस सिजन पनि लिग च्याम्पियन पारो एफसीले च्यालेन्ज लिग खेल्दैछ । तर नेपालबाट भने कुनै क्लबले लाइसेन्स पाएका छैनन् ।

यता नेपालको भने सहभागिता शून्य भएसँगै एएफसीको वरीयतामा अंक थप्ने सम्भावना गुमेको छ । एएफसी च्यालेन्ज लिगको वरीयतामा नेपालको ०.९१७ अंक छ । समग्र एएफसीमा ३८ औं स्थानमा रहेको नेपाल पश्चिम क्षेत्रमा भने २० औं स्थानमा छ । एएफसी प्रतियोगितामा देशको क्लबले गरेको प्रदर्शनको आधारमा अंक दिइने गरिन्छ । वरियतामा स्थान अनुसार नै क्लबहरुको सहभागी संख्या पनि निर्णय हुन्छ ।

नेपालले यसपटक सहभागिता नजनाएसँगै आब भुटानले नेपाललाई उछिन्ने अवसर बनेको छ । हाल भुटान ०.५०५ अंकका साथ नेपालभन्दा २ स्थान पछि छ । नेपालभन्दा पछि श्रीलंका (०.५५५), भुटान (०.५०५), ब्रुनाई (०.१) र अफगानिस्तान (०.०७५) छन् । पाकिस्तान, यमन, गुआम, नर्दर्न मारियाना आइल्याण्ड र टिमोर लेस्टको कुनै अंक छैन र संयुक्त ४३ औं स्थानमा छन् ।

नेपालमा यसैपनि यसपटक लिग संचालन हुन नसकेका कारण एएफसीको प्रतियोगितामा कुन क्लबले सहभागिता जनाउने भन्ने मै प्रष्टता थिएन । एन्फाले नेपाल सुपर लिगको समापन लगत्तै एन्फा प्रेसिडेन्ट कप गराउने जमर्को गरेपनि क्लबहरु राजी नहुँदा त्यो सम्भव भएको थिएन । तर कुनैपनि क्लबले एएफसी क्लब लाइसेन्स नै प्राप्त नगरेको अवस्थामा नेपालको सहभागिता नहुने पक्का भएको हो ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.