6 months ago
June 20, 2025
रविन्द्र वाईबा, हेटौंडा
बागमती प्रदेशको राजधानी हेटौंडामा रेफ्री क्याटगोरी-४ कोर्ष सुरु भएको छ। बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा शुक्रवार प्रदेशमा फुटबल रेफ्री उत्पादन गर्ने उद्देश्यका साथ कोर्ष सुरु भएको हो ।
बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य एवम् कार्यक्रमका संयोजक अमृत लुङ्बाले कोर्षपछि फुटबल रेफ्री थप उत्पादन हुने बताए । कोर्षपछि आधिकारिक फुटबल खेलाउन योग्य हुने भन्दै उनले सहभागी सबैलाई उतिर्ण हुने गरि लाग्न आग्रह गरे ।
तालिममा ४१ जना सहभागी छन् । असार १२ गतेसम्म सञ्चालन हुने तालिममा प्रशिक्षकहरु सचिन अमात्य, रोजिन श्रेष्ठ, विरेन्द्र पाण्डे र कल्पणा शर्माले सहजीकरण गर्नेछन् । कोर्षमा फिटनेस परिक्षण, प्रयोगात्मक र लिखित परीक्षा हुनेछ ।

बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य एवम् तालिम संयोजक अमृत लुङ्बाको सभापतित्वमा रहेको कार्यक्रमको हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा उद्घाटन गरिन् ।
कार्यक्रममा एन्फा केन्द्रीय सदस्य एवम् जिल्ला फुटबल मकवानपुरका अध्यक्ष टीका राम लामा, पत्रकार प्रताव विष्ट, एन्फा बागमती प्रदेशका महासचिव लवराज ठकुरी, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मोक्तान, एन्फा मकवानपुर उपाध्यक्ष युवराज भोलन र नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको उपस्तिथि थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]