default_image

6 months ago

June 20, 2025

हेटौंडामा रेफ्री कोर्ष सुरु

436 views

0 Bookmark

रविन्द्र वाईबा, हेटौंडा

बागमती प्रदेशको राजधानी हेटौंडामा रेफ्री क्याटगोरी-४ कोर्ष सुरु भएको छ। बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा शुक्रवार प्रदेशमा फुटबल रेफ्री उत्पादन गर्ने उद्देश्यका साथ कोर्ष सुरु भएको हो ।

बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य एवम् कार्यक्रमका संयोजक अमृत लुङ्बाले कोर्षपछि फुटबल रेफ्री थप उत्पादन हुने बताए । कोर्षपछि आधिकारिक फुटबल खेलाउन योग्य हुने भन्दै उनले सहभागी सबैलाई उतिर्ण हुने गरि लाग्न आग्रह गरे ।

तालिममा ४१ जना सहभागी छन् । असार १२ गतेसम्म सञ्चालन हुने तालिममा प्रशिक्षकहरु सचिन अमात्य, रोजिन श्रेष्ठ, विरेन्द्र पाण्डे र कल्पणा शर्माले सहजीकरण गर्नेछन् । कोर्षमा फिटनेस परिक्षण, प्रयोगात्मक र लिखित परीक्षा हुनेछ ।

बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य एवम् तालिम संयोजक अमृत लुङ्बाको सभापतित्वमा रहेको कार्यक्रमको हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा उद्घाटन गरिन् ।

कार्यक्रममा एन्फा केन्द्रीय सदस्य एवम् जिल्ला फुटबल मकवानपुरका अध्यक्ष टीका राम लामा, पत्रकार प्रताव विष्ट, एन्फा बागमती प्रदेशका महासचिव लवराज ठकुरी, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मोक्तान, एन्फा मकवानपुर उपाध्यक्ष युवराज भोलन र नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको उपस्तिथि  थियो ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.