default_image

6 months ago

June 21, 2025

क्लब विश्वकपमा चेल्सीको हार

652 views

0 Bookmark

एजेन्सी – अमेरिकामा जारी क्लब विश्वकपमा चेल्सी पराजित भएको छ। समूह डीमा चेल्सी फ्लामिङोसँग ३-१ ले पराजित भएको हो।

निकोलस ज्याक्सन खेलमा मैदान छिरेको ४ मिनेटमै रातो कार्ड खाँदै बाहिरिएपछि चेल्सी दोस्रो हाफमा पूर्ण रूपमा धराशायी बन्यो ।

चेल्सीले १३ औं मिनेटमा पेड्रो नेटोको गोलमा अग्रता लिएको थियो । तर ब्रुनो हेनरिक ६२ र डानिलोले ६५ औं मिनेटमा गोल खाँदै चेल्सी खेलमा पछाडि पर्यो ।

६८ औं मिनेटमा ज्याक्सनले रातो कार्ड खाएपछि टोली थप समस्यामा पर्यो । वालास यानले ८३ औं मिनेटमा गोल गरेपछि चेल्सीले ३-१ को लज्जास्पद हार बेहोर्यो।
अब चेल्सीलाई अन्तिम १६ मा पुग्न मंगलवार अफ्रिकी क्लब इएस ट्युनिसलाई हराउनैपर्ने अवस्था छ।

फ्लामेङ्गो समूह ‘डी’ मा शीर्ष स्थानमा रहने सम्भावना छ । दक्षिण अमेरिकी क्लबहरू यस पटकको विस्तार गरिएको क्लब विश्वकपमा अहिलेसम्म अपराजित छन्।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.