6 months ago
June 21, 2025
एजेन्सी – अर्जेन्टिनी ३७ वर्षीय खेलाडी एन्जेल डि मारियाले २ गोल गरेको क्लब विश्वकपको समूह सीको खेलमा बेन्फिकाले अकल्याण्ड सिटीलाई ६-० ले हराएको छ।
बेन्फिकाका लागि अन्तिम प्रतियोगिता खेलिसकेका डि मारियाले क्लबको बिदाइलाई विशेष बनाउने क्रममा शुक्रवार इण्टर एण्ड को स्टेडियममा
उच्च प्रदर्शन गरे ।
‘फिडेओ’ उपनामले चिनिने डि मारिया यो प्रतियोगिता पछि आफ्नै देशको क्लब रोसारियो सेन्ट्रलमा फर्किँदैछन्। उनले पहिलो हाफको अन्त्यमा पेनाल्टीमा कलात्मक शैलीमा खेलको पहिलो गोल गरे । जुनबेला बेन्फिका विपक्षी गोलकिपर नाथन ग्यारोको प्रतिरोध तोड्न सकिरहेको थिएन।
खेल त्यसपछि ओरलान्डोको खराब मौसमका कारण करिब ३ घण्टा रोकिएको थियो। त्यो अवरोधले ‘इगल्स’ का अर्जेन्टिनी स्टारलाई दोस्रो हाफ पूरा खेल्न फाइदा पुगेको देखियो।
दोस्रो हाफमा बेन्फिका निकै आक्रामक देखियो र ५ गोल थप्यो । डि मारियाले फेरि एकपटक पेनाल्टीमार्फत् गोल गर्दै आफ्नो दोहोरो गोल पूरा गरे। जितमा पाभलिडिस, रेनेटो सान्चेस र बारेरोले पनि समान २ गोल गरे ।
डि मारियाले यसअघि बोका जुनियर्सविरुद्धको पहिलो खेलमा पनि पेनाल्टीमा गोल गरेका थिए। योसँगै उनी जमाल मुसियालासँगै जारी क्लब विश्वकपमा समान ३ गोलका साथ संयुक्त रूपमा शीर्ष गोलकर्ता छन्।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]