6 months ago
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को अपिल समितिको निर्णयपछि बी डिभिजनमा घटुवा भएको थ्री स्टार क्लबले आज ए,बी,सी क्लबसँग छलफल गर्दैछ ।
विभागीय टोली एपिएफ फुटबल क्लबले दिएको उजुरीको आधारमा २ वर्षपछि बिहीवार अपिल समितिले थ्री स्टारलाई कारवाही गर्ने निर्णय गरेको थियो।
शुक्रवार आन्तरिक छलफल गरेको थ्री स्टारले ए, बी र सी डिभिजन क्लबसँगको छलफलबाट आगामी रणनीति तय गर्ने योजना अनुरुप आजको लागि बैठक डाकेको बुझिएको छ। ए, बी, सीमा समान १४ क्लब छन् ।
बैठकमा एपिएफसहित अन्य दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबलाई भने डाकिएको छैन।
२०८० को जेठ २८ गते ए डिभिजन लिगको अन्तिम खेलमा थ्री स्टारले जावलाखेल युथ क्लब विरुद्ध नियम विपरित विदेशी खेलाडी खेलाएको भन्दै अपिल समितिमा एपिएफले उजुरी दिएको थियो।
थ्री स्टार १-० ले जितेको त्यो खेलको नतिजा उल्टाएर अपिल समितिले जावलाखेल दिएको थियो। थ्री स्टारले जावलाखेलबविरुद्ध दुई विदेशी खेलाडी पिटर सेगुन र अजायी मार्टिन्सले भिसा नभएको अवस्थामा खेल खेलेको भन्दै एपिएफले उजुरी दिएको थियो । थ्री स्टारले जावलाखेललाई १-० ले हराएपछि एपिएफ रेलिगेसनमा परेको थियो ।
त्यो खेलको भोलिपल्ट नै एपिएफले दिएको उजुरीको आधारमा एन्फाको अनुशासन समितिले थ्री स्टारलाई २०८० पुसमा कारवाही पनि गरेको थियो ।
अनुशासन समितिले विदेशी खेलाडीद्वय पिटर र मार्टिन्सलाई जनही ५० हजार तथा थ्री स्टार क्लबलाई ३ लाख रुपैयाँ जरिवाना गरेको थियो । तर एपिएफ र थ्री स्टार दुवैले टोली कारवाही मान्य नरहेको र निर्णय नै त्रुटीपूर्ण रहेको दाबी गरेका थिए ।
एपिएफले त्यो निर्णयले फिफाले नै बनाएको अनुशासन नियमावली पालना नगरेको दाबी रहेको थियो । कुनैपनि खेलमा टोलीले अयोग्य खेलाडी खेलाउँदा उक्त खेलको नतिजा विपक्षी टोलीको जित र त्यससँगै जरिवाना हुनुपर्ने माग एपिएफको थियो ।
२६ खेलमा ३२ अंकसहित आठौं स्थानमा रहेर लिग अन्त्य गरेको थ्री स्टार ३ अंक घटेसँगै रेलिगेसनमा परेको छ । अपिल समितिको निर्णय अनुसार थ्री स्टारको अब २६ खेलमा २९ अंक मात्र हुन आउँछ । यसले २६ खेलमा ३० अंक जोडेको एपिएफ १२ औं स्थानमा उक्लँदा थ्री स्टार भने १३ औं स्थानमा रहेर रेलिगेसनमा पर्यो ।

थ्री स्टारले यसअघि अनुशासन समितिले गरेको कारवाहीमै पनि एन्फाले लिग तोकिएको समयमा नसकिएकोले भिसा प्रक्रियामा ढिलाई भएको बताएको थियो ।
थ्री स्टारले अनुशासन समितिको निर्णयमा असन्तुष्टि जनाउँदै एन्फालाई पठाएको पत्रमा भनेको थियो, ‘भिसा प्रक्रिया चलाएकामा प्रकृयागत ढिलाइ भएको हुँदा खेलाडी तथा क्लबलाई जरिवाना गराउने गरी भएको अनुशासन समितिको निर्णय फुटबल खेलको भावना र मर्म विपरीत भएको निर्णय त्रुटिपूर्ण छ ।’
तर एपिएफले भने अध्यागमनबाट सम्पूर्ण प्रमाण र विश्व फुटबलमा यस्ता घटनामा भएका निर्णयहरुलाई नजिर राख्दै अपिल समितिले निर्णय गम्भीरतापूर्वक लिनुपर्ने माग राख्दै आएको थियो ।
एपिएफले नेपालमा बस्ने र काम गर्ने कागजको म्याद नै सकिएको अवस्थामा खेलाडीको दर्ता नै वैध नहुने र खेलाडी अयोग्य रहने दाबीका साथ त्यो खेलको नतिजा उल्टाउन माग गरेको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]