6 months ago
June 22, 2025
सुशील पन्त क्षेत्री,चितवन
भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगियामा आजबाट दोस्रो चरणको खेल सुरु भएको छ । दोस्रो चरण अन्तर्गत आज ४ खेल भएका छन् ।
प्रतियोगिता अन्तर्गत भरतपुर ७ कृष्णपुरको मैदानमा भएको खेलमा नेपाल पुलिस स्कुल विजयी भएको छ । उसले साविक विजेता अमर माविलाई हराएको हो ।प्रतिस्पर्धात्मक खेलमा पुलिस स्कुलले अमर माविलाई टाइब्रेकरमा पराजित गरेको हो ।
कृष्णपुरमा नै भएको अर्को खेलमा दुर्गा शेषकान्त मावि विजयी भएको छ । दुर्गाशेषकान्त माविले चितवन बोर्डिङलाई २-१ ले हराएको हो । यस्तै सुन्दरबस्तीमा भएको खेलमा भानु मावि विजयी भयो । भानुले ग्रीनल्याण्ड पब्लिक स्कुलाई ३-१ ले हरायो ।

रामवेल मैदानमा भएको खेलमा डन एकेडेमी विजयी भएको छ । डन एकेडेमीले जनप्रिय स्कुललाई २-० ले पाखा लगायो । आज जित हात पारेका सबै टोली क्वाटरफाइनल प्रवेश गरेका छन् । प्रतियोगितामा सोमवार पनि ४ खेल हुनेछ ।
चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा सुरु भएको प्रतियोगितामा भरतपुर महानगरपालिका भित्रका २४ स्कुल सहभागी छन् । सेन्ट्रल कलेज प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]