default_image

6 months ago

June 23, 2025

नेपाली महिला फुटबल भोलि उज्वेकिस्तान जाने

888 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- उज्वेकिस्तानमा हुने एएफसी महिला एसिया कप २०२६ को छनोटमा प्रतिस्पर्धा गर्ने नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ।

नेपालले समूह एफमा आयोजक उज्वेकिस्तानसँगै लाओस र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। हरेक समूहको विजेताले सन् २०२६ मा अष्ट्रेलियामा हुने एसियन कप खेल्नेछ ।
नेपालले असार १५ गते (२९ जुन) लाओससँग खेल्दै छनोटको यात्रा सुरु गर्नेछ। श्रीलंकासँग असार १८ गते (२ जुलाई) खेल्ने नेपालले समूह चरणको अन्तिम खेल उज्वेकिस्तानसँग असार २१ गते (५ जुलाई) खेल्ने तालिका छ।

नेपालले अहिलेसम्म उज्वेकिस्तानसँग खेलेको सबै ३ खेल हारेको छ । लाओसविरुद्ध हालसम्म नखेलेको नेपालले श्रीलंकामाथि सबै ८ खेलमा जित निकालेको इतिहास छ।

छनोटमा एसियाका ३४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। ३४ टोलीलाई ८ समूहमा विभाजन गरिएको हो । एसियन कप २०२६ मार्चमा अष्ट्रेलियामा हुँदैछ । प्रतियोगितामा १२ टोली सहभागी हुनेछन् । आयोजक अष्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान भने छनोट भइसकेका छन् ।

युवा तथा खेलकुद मन्त्रालयका सचिवलाई हरि प्रसाद लम्साल, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीले आज बिदाइ गरे।

सचिव लम्सालले टोली जितको शुभकामना दिए। अध्यक्ष नेम्वाङले यो टोलीबाट बढी विश्वास गरिएको र यही टोलीबाट धेरै अपेक्षा गरिएको बताए। उनले विदेशी प्रशिक्षक प्याट्रिक डे वाइल्डलाई धेरै भरोसा गरेकोले छनोट हुनेमा विश्वस्त रहेको पनि जिकिर गरे।

नेपाली महिला फुटबल टोली

गोलरक्षक : एन्जिला तुम्बापो सुब्बा, उषा नाथ, अन्जना राना मगर

डिफेन्डर : गीता राना, निशा थोकर, समिक्षा घिमिरे, मनमाया दमाइ, प्रतीक्षा चौधरी, विमला विक, पूजा राना, अमृता जैशी

मिडफिल्डर : विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता रानामगर, सरस्वती हमाल

फरवार्ड : सावित्रा भण्डारी ‘साम्बा’, रश्मिकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.