default_image

6 months ago

June 24, 2025

भरतपुर मेयर कप को सेमीफाइनल पूरा

1247 views

0 Bookmark

सुशील पन्त क्षेत्री, चितवन

दोस्रो भरतपुर मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनल पुग्ने सबै टोलीको टुङ्गो आज लागेको हो ।

समूह ए बाट डन एकेडेमी र आदिकवि भानु मावि सेमिफाइनल प्रवेश गरेका छन् । यस्तै समूह बी बाट वाल्मीकि शिक्षा सदन र जनज्योति मावि सेमिफाइनल पुगेका छन् ।

भरतपुर ७ कृष्णपुरमा भएको पहिलो खेलमा डन एकेडेमीले नेपाल पुलिस स्कुललाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा डनले टाइब्रेकरमा बाजी मार्‍यो ।

त्यस अघि निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । जसमा डन एकेडेमी विजयी भयो । डन एकेडेमीले अब फाइनल प्रवेशका लागि आदिकवि भानु माविको सामना गर्नेछ ।

आजै भरतपुर १२ रामवेलमा भएको खेलमा दुर्गाशेषकान्त माविलाई हराउँदै भानु माविले पनि सेमिफाइनलमा स्थान बनाएको हो । निर्धारित समयमा १-१ गोल भएपछि टाइब्रेकरमा भानु मावि विजयी भयो

समूह बी बाट वाल्मीकि शिक्षा सदनले पारिजात माविलाई हराउँदै सेमिफाइनलमा स्थान बनायो । भरतपुर ७ कृष्णपुरमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा वाल्मीकि २-१ ले विजयी भयो ।

यस्तै भरतपुर १४ सुन्दरबस्तीमा भएको खेलमा जनज्योति विजयी भएको छ । अर्बिट स्कुललाई हराएको जनज्योति सेमिफाइनल प्रवेश गरेको छ । जनज्योति ३-१ ले विजयी भएको हो । यससँगै समूह बी बाट फाइनल प्रवेशका लागि वाल्मीकी र जनज्योति भिड्ने पक्का भएको छ ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा १२ गते डन एकेडेमी र आदिकवि भानु मावि भिड्नेछन् । दोस्रो सेमिफाइनलमा १३ गते शुक्रबार वाल्मीकी र जनज्योति भिड्नेछन् । दुबै खेल भरतपुर ७ कृष्णपुरमा हुनेछ ।

चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा सुरु भएको प्रतियोगितामा भरतपुर महानगरपालिका भित्रका २४ स्कुल सहभागी छन् । सेन्ट्रल कलेज प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.