default_image

6 months ago

June 24, 2025

भरतपुर मेयर कप को सेमीफाइनल पूरा

1223 views

0 Bookmark

सुशील पन्त क्षेत्री, चितवन

दोस्रो भरतपुर मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनल पुग्ने सबै टोलीको टुङ्गो आज लागेको हो ।

समूह ए बाट डन एकेडेमी र आदिकवि भानु मावि सेमिफाइनल प्रवेश गरेका छन् । यस्तै समूह बी बाट वाल्मीकि शिक्षा सदन र जनज्योति मावि सेमिफाइनल पुगेका छन् ।

भरतपुर ७ कृष्णपुरमा भएको पहिलो खेलमा डन एकेडेमीले नेपाल पुलिस स्कुललाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा डनले टाइब्रेकरमा बाजी मार्‍यो ।

त्यस अघि निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । जसमा डन एकेडेमी विजयी भयो । डन एकेडेमीले अब फाइनल प्रवेशका लागि आदिकवि भानु माविको सामना गर्नेछ ।

आजै भरतपुर १२ रामवेलमा भएको खेलमा दुर्गाशेषकान्त माविलाई हराउँदै भानु माविले पनि सेमिफाइनलमा स्थान बनाएको हो । निर्धारित समयमा १-१ गोल भएपछि टाइब्रेकरमा भानु मावि विजयी भयो

समूह बी बाट वाल्मीकि शिक्षा सदनले पारिजात माविलाई हराउँदै सेमिफाइनलमा स्थान बनायो । भरतपुर ७ कृष्णपुरमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा वाल्मीकि २-१ ले विजयी भयो ।

यस्तै भरतपुर १४ सुन्दरबस्तीमा भएको खेलमा जनज्योति विजयी भएको छ । अर्बिट स्कुललाई हराएको जनज्योति सेमिफाइनल प्रवेश गरेको छ । जनज्योति ३-१ ले विजयी भएको हो । यससँगै समूह बी बाट फाइनल प्रवेशका लागि वाल्मीकी र जनज्योति भिड्ने पक्का भएको छ ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा १२ गते डन एकेडेमी र आदिकवि भानु मावि भिड्नेछन् । दोस्रो सेमिफाइनलमा १३ गते शुक्रबार वाल्मीकी र जनज्योति भिड्नेछन् । दुबै खेल भरतपुर ७ कृष्णपुरमा हुनेछ ।

चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा सुरु भएको प्रतियोगितामा भरतपुर महानगरपालिका भित्रका २४ स्कुल सहभागी छन् । सेन्ट्रल कलेज प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.