6 months ago
June 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नविन न्यौपाने नेपाली राष्ट्रिय यु २३ फुटबल टोलीको मुख्य प्रशिक्षक नविन नियुक्त भएका छन्।
ताजकिस्तानमा हुने एएफसी यु २३ एसियन कप छनोटको खेलको लागि न्यौपानेलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
सिनियर राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक समेत रहिसकेका न्यौपाने एन्फा युवा परियोजनाको प्रमुख हुन् । यसअघि उनले एक डिभिजन क्लब मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी तथा एनएसएल टोली पोखरा थन्डर्स र चितवन एफसीको मुख्य प्रशिक्षकको जिम्मेवारी पनि निर्वाह गरिसकेका छन्।

न्यौपानेलाई एन्फा कार्यवाहक महासचिव बद्री भट्टराईले बुधवार नियुक्ती पत्र हस्तान्तरण गरे। सो अवसरमा एन्फा कार्यसमिति सदस्य पुरुषोत्तम थापा र मनिष जोशी, सिइओ इन्द्रमान तुलाधर लगायतको उपस्थिति थियो।
सेप्टेम्बर ३ देखि ९ सम्म हुने छनोट प्रतियोगितामा नेपाल आयोजक ताजकिस्तान, सिरिया र फिलिपिन्ससँग ‘एच’मा रहेको छ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]