default_image

6 months ago

June 27, 2025

म्यानचेस्टर सिटीसँग युभेन्टसको हार

644 views

0 Bookmark

एजेन्सी – एर्लिङ हालान्डले आफ्नो शीर्ष स्तरको करियरको ३ सयौं गोल पूरा गरेको खेलमा म्यानचेस्टर सिटीले युभेन्टसलाई क्लब विश्व कपमा ५-२ ले पराजित गरेको छ। सिटी समूह ‘जी’ को शीर्षमा पुग्यो।

१० मिनेटमा नै सिटीले अग्रता लिएको थियो। रायन एइट-नूरीको पासलाई जेरेमी डोकुले गोल गरे।
तर युभेन्टसले तुरुन्तै गोल फर्कायो । गोलकिपर एडरसनको कमजोर पासलाई ट्युन कुपमाइनर्सले पाएको बलमा‌ गोल गरे।

२६ औं मिनेटमा सिटीले पुनः अग्रता लियो। विपक्षी खेलाडी वरिपरि नभएको अवस्थामा फ्रान्सेली खेलाडी पिएर कालुलुले म्याथेउस नुनेसको क्रसलाई आफैंको पोष्टमा आत्मघाती गोल गरे।

दोस्रो हाफ सुरु भएलगत्तै हालान्ड मैदानमा उत्रिए र नुनेसको पासमा ५२ औं मिनेटमा गोल गरे। त्यसपछि फिल फोडेनले ६९ औं नजिकैबाट गोल गरे । साविन्होले ७५ औं मिनेटमा टोलीका लागि पाँचौं गोल गरे।

युभेन्टसका स्ट्राइकर दुसान ब्लाहोभिचले खेलमा पहिला मौका चुकाए पनि ८४ औं मिनेटमा पछि सान्त्वना गोल गरे। तर त्यो धेरै ढिलो भइसकेको थियो, किनभने सिटीले समूह चरणमा शत प्रतिशत जितसहित उत्कृष्ट प्रदर्शन गर्दै अन्त्य गरे ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.