6 months ago
June 27, 2025
सुशील पन्त क्षेत्री,चितवन
वाल्मीकि शिक्षा सदन दोस्रो भरतपुर मेयर कपको फाइनलमा प्रवेश गरेको छ । आज रोमाञ्चक दोस्रो सेमिफाइनलमा जनज्योति माविलाई हराउँदै वाल्मीकिले अन्तिम दुईमा पुगेको हो।
भरतपुर ७ कृष्णपुरमा भएको खेलमा वाल्मीकि सडन डेथमा विजयी भयो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा २-२ को बराबरी भयो ।
जनज्योतिको सुरुवाती दुई प्रहार बाहिरिएको थियो । वाल्मीकि सुरुवाती दुबैमा गोल गर्दै २-० को अग्रता लिन सफल भएको थियो ।
तर त्यसपछि जनज्योतिले कमब्याक गर्यो । जनज्योतिले तेस्रो र चौथोमा गोल गर्दा वाल्मीकिको तेस्रो र चौथो बाहिरियो । वाल्मीकिको पाँचौ प्रहार पनि बाहिरिएको थियो ।

जनज्योतिको पनि पाँचौ प्रहार बाहिरिएपछि खेल सडन डेथमा धकेलियो । दोस्रो सडन डेथमा खेलमा नतिजा निस्कियो । जसमा वाल्मीकि विजयी भयो । वाल्मीकिका गोलकिपर विराज जमरकट्टेल प्लेयर अफ दि म्याच भए ।
वाल्मीकिले अब उपाधिका लागि डन एकेडेमीको सामना गर्नेछ । डन यसअघि नै पहिलो सेमिफाइनलमा आदिकवि भानुभक्त माविलाई हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ ।
फाइनल खेल असार १६ गते हुनेछ । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको प्रवर्द्धका भरतपुर महानगरपालिका रहेको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]