default_image

6 months ago

June 28, 2025

डिभाइन एलाइट फुटबल एकेडेमीको उद्घाटन

799 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काभ्रेपलान्चोकको धुलिखेल–१२, बृकल्यान्डमा डिभाइन एलाइट फुटबल एकेडेमी (डिइएफए) को औपचारिक उद्घाटन भएको‌ छ।

नेपाल राष्ट्रिय फुटबल टोलीका खेलाडी दाजुभाइ जर्ज प्रिन्स र जिलेस्पी जंग कार्की सञ्चालक रहेको एकेडेमीलाई शिक्षा र खेलकुदको समन्वयमा आधारित बनाइएको बताइएको छ। एकेडेमीसँगै सञ्चालनमा रहेको डिभाइन लाइट स्कुलले माध्यमिक तहसम्मको शिक्षा प्रदान गर्दै आएको छ।

एकेडेमीका अध्यक्ष गोपाल बहादुर कार्कीले आफूहरुका दुई छोरा फुटबलमार्फत अन्तर्राष्ट्रिय स्तरमा योगदान दिइरहेको र एकेडेमीले त्यस्तै क्षमता भएका खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको बताएका छन्।

‘मेरा दुबै छोराले पनौतीको खेतबारीबाट अभ्यास सुरु गरेर अन्तर्राष्ट्रिय सहभागिता जनाए,’ अध्यक्ष कार्कीले उद्घाटन समारोहमा भने, ‘अब यो एकेडेमीले यस्तै प्रतिभाहरू उत्पादन गर्नेछ।’

उद्घाटनसँगै १३ रोपनीमा रहेको स्कुल प्राङ्गणभित्र झन्डै ४ रोपनी क्षेत्रफलमा निर्मित सेभेन-ए-साइड फुटसल मैदान पनि सञ्चालनमा आएको छ। एकेडेमीले नियमित बिहान र साँझ फुटबल प्रशिक्षण दिने व्यवस्था मिलाएको जनाइएको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव गोविन्द बहादुर कार्कीले एकेडेमीको उद्घाटन गरे। नेपाली सेनाका उपरथी चोक बहादुर ढकाल तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठलगायतको उपस्थितिमा थियो।

राष्ट्रिय र पूर्व खेलाडीबीच मैत्रीपूर्ण खेल

कार्यक्रमका अवसरमा नेपाल राष्ट्रिय टोली र पूर्व खेलाडीको टोलीबीच मैत्रीपूर्ण फुटबल खेल भएको थियो।


राष्ट्रिय टोलीबाट मनिष डाँगी, रोहन कार्की, एरिक विष्ट, मणि कुमार लामा, अनन्त तामाङ, जिलेस्पी र लाकेन लिम्बूले सहभागी थिए।

पूर्व खेलाडीको टोलीमा विराज महर्जन, विकेश कुथु, विक्रम लामा, जर्ज प्रिन्स र नवयुग श्रेष्ठलगायत थिए। खेल ९-९ को रोमाञ्चक बराबरीमा टुंगिएको थियो।

त्यसैगरी, नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले डिभाइन एलाइट एकेडेमीलाई ६–३ गोलअन्तरले हराएको थियो । त्रिभुवन आर्मी क्लबका भेट्रान्स खेलाडीले काभ्रे जिल्ला फुटबल संघमाथि ७- ५ को जित निकालेको थियो।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.