6 months ago
June 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओस विरुद्धको खेलमा नेपालले नियमित कप्तान तथा गोल किपर एन्जिला तुम्बाप्पो सुब्बालाई बेन्चमा राखेको छ।
कप्तानको जिम्मेवारी रेनुका नगरकोटेलाई दिइएको छ। पहिलो रोजाइका नियमित खेलाडी रेखा पौडेल र प्रीति राई पनि बेन्चमा राखिएकाे छ।
नव नियुक्त प्रशिक्षक प्याट्रिक डि वाइल्डले लाओस विरुद्ध अन्जना राना मगरलाई गोलपोष्टको जिम्मा दिएका छन्।

निशा थोकर, पूजा राना, समिक्षा घिमिरे, सरु लिम्बू, सरस्वती हमाल, रेनुका, सविता राना मगर, अनिता बस्नेत, रश्मिकुमारी घिसिङ र सावित्रा भण्डारी ‘साम्बा’ प्लेइङ इलेभेनमा छन्।
समुह ‘एफ’ मा रहेको नेपालले लाओससँग खेल्दै छनौटको सुरुवात गर्दैछ। यो समूहमा आयोजक उज्वेकिस्तान र श्रीलंका पनि छन् । समूह विजेता टोली सन् २०२६ मा हुने महिला एसियन कपमा छनोट हुनेछ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]