default_image

5 months ago

June 29, 2025

लाओस विरुद्धको पहिलो रोजाइमा व्यापक परिवर्तन, रेनुका कप्तान

4054 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओस विरुद्धको खेलमा नेपालले नियमित कप्तान तथा गोल किपर एन्जिला तुम्बाप्पो सुब्बालाई बेन्चमा राखेको छ।

कप्तानको जिम्मेवारी रेनुका नगरकोटेलाई दिइएको छ। पहिलो रोजाइका नियमित खेलाडी रेखा पौडेल र प्रीति राई पनि बेन्चमा राखिएकाे छ।

नव नियुक्त प्रशिक्षक प्याट्रिक डि वाइल्डले लाओस विरुद्ध अन्जना राना मगरलाई गोलपोष्टको जिम्मा दिएका छन्।

निशा थोकर, पूजा राना, समिक्षा घिमिरे, सरु लिम्बू, सरस्वती हमाल, रेनुका, सविता राना मगर, अनिता बस्नेत, रश्मिकुमारी घिसिङ र सावित्रा भण्डारी ‘साम्बा’ प्लेइङ इलेभेनमा छन्।

समुह ‘एफ’ मा रहेको नेपालले लाओससँग खेल्दै छनौटको सुरुवात गर्दैछ। यो समूहमा आयोजक उज्वेकिस्तान र श्रीलंका पनि छन् । समूह विजेता टोली सन् २०२६ मा हुने महिला एसियन कपमा छनोट हुनेछ।

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

December 4, 2025

रियलको जितमा एम्बाप्पेको २ गोल

एजेन्सी – रियल माड्रिडले एथ्लेटिक बिल्बाओलाई ३- ० ले हराउँदै ला लिगामा शीर्षस्थान टोली बार्सिलोनासँगको अंक दूरीलाई कम गरेको छ। सन मामेसमा बुधवार भएको खेलमा रियललाई‌ जित दिलाउन किलियन एम्बाप्पेको भूमिका महत्वपूर्ण रह्यो ।‌ उनले २ गोल र एक असिस्ट गरे। खेल सुरु भएको सात मिनेटमा ट्रेन्ट एलेक्जान्डर आर्नोल्डको पासबाट एम्बाप्पेले पहिलो गोल गरे। यो […]

Success

Thank you for your time.