default_image

6 months ago

June 29, 2025

एक‌ सयौं खेलमा साम्बा कप्तान

5945 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नवनियुक्त प्रशिक्षक प्याट्रिक डि वाइल्डले एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओस विरुद्धको खेलमा कप्तानको जिम्मेवारी सावित्रा भण्डारी (साम्बा) लाई दिएका छन्।

कप्तानको नाम सार्वजनिक गर्न नाटकीय शैली अपनाइएको छ। खेल सुरु हुनु करिब एक घण्टा अगाडि अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको प्लेइङ ११ मा रेनुका नगरकोटेलाई कप्तान तोकिएको थियो।

तर यसको एक घण्टा बित्न नपाउँदै कप्तानको आर्म ब्यान्ड साम्बलाई दिइएको छ। यस विषयमा एन्फाका सिइओइन्द्र मान तुलाधरले बारम्बार प्रशिक्षकसँग ताकेता गरेपनि एन्फालाई कप्तानको जानकारी नआएको हाम्रो खेलकुद डटकमलाई बताए।

साम्बा नेपाली महिला फुटबल टोलीकी ११औं कप्तान हुन्। पहिलो कप्तान रमा सिंह हुन्। उनले नेपालले सन् १९८६ खेलेको पहिलो अन्तर्राष्ट्रिय खेलमा कप्तानको जिम्मेवारीमा थिइन्।

१९९० मा कमला हिराचन र सन् १९९९ मा मिरा चौधरी नेपाली महिला टोलीका कप्तान बनेका थिए। त्यसपछि नेपाली फुटबलले एक दशक नै अन्तराष्ट्रिय प्रतियोगिता खेलेन ।

२०१० मा नेपालले फेरि अन्तराष्ट्रिय सहभागिता जनाउन सुरु गर्यो। २०१० देखि २०१२ सम्म जमुना गुरुङलाई कप्तान रहिन् ।

२०१३ मा चन्द्रा भण्डारी, २०१४ देखि २०१६ सम्म अनु लामा तथा २०१७ मा सजना राना मगर र रेनुका नगरकोटे टोलीको कप्तानको जिम्मेवारी पाएका थिए।

त्यस्तै २०१८ मा निरु थापा र त्यसपछि २०१९ देखि एन्जिला तुम्बाप्पो सुब्बा कप्तानको जिम्मेवारीमा रहँदै आएकी थिइन्। साम्बाले कुनै पनि तहमा पहिलो पटक कप्तानको जिम्मेवारी पाएकी हुन् ।

लाओस विरुद्ध नेपाली टोलीको प्लेइङ ११
अन्जना राना मगर (गोलकिपर) , निशा थोकर, गिता राना , समिक्षा घिमिरे, सरु लिम्बू, सरस्वती हमाल, रेनुका नगरकोटे , सविता राना मगर, अनिता बस्नेत, रश्मिकुमारी घिसिङ र सावित्रा भण्डारी ‘साम्बा’ (कप्तान)

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.