default_image

5 months ago

July 2, 2025

नेपाली टोलीमा एक परिवर्तन, सरुको ठाउँमा प्रीति

1067 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला एसियन कप छनोटको दोस्रो खेलमा आज नेपालले दक्षिण एसियाली प्रतिद्वन्द्वी श्रीलंकासँग खेल्दैछ।

लाओसविरुदको पहिलो रोजाइमा रहेका टोलीमा आज एउटा परिवर्तन गरिएको छ। प्रशिक्षक प्याट्रिक डि वाइल्डले मिडफिल्डमा सरु लिम्बूको ठाउँमा प्रीति राईलाई मौका दिएका छन्।

उज्वेकिस्तानमा नेपालले सानदार सुरूवात गर्दै लाओसलाई ९-० ले हराएको थियो। आत्मविश्वासी नेपाली टिम श्रीलंकासँग पनि शतप्रतिशत जितकासाथ छनौटको संभावनालाई मजबुत बनाउन चाहन्छ।

श्रीलंका पहिलो खेलमा घरेलु टोली उज्वेकिस्तानसँग १०-० को फराकिलो अन्तरमा हारेको थियो। श्रीलंका विरूद्ध नेपाल अहिलेसम्म अपराजित छ। आठ पटक खेल्दा नेपालले श्रीलंकालाई आठै पटक हराएको छ।

फिफा वरियतामा पनि नेपाल श्रीलंका भन्दा ५९ स्थान माथि छ। नेपाल १ सयौं र श्रीलंका १ सय ५९ औं स्थानमा रहेका छन्।

श्रीलंका विरुद्ध नेपाली टोलीको प्लेइङ ११
अन्जना राना मगर (गोलकिपर) , निशा थोकर, गिता राना , समिक्षा घिमिरे, प्रीति राई, सरस्वती हमाल, रेनुका नगरकोटे , सविता राना मगर, अनिता बस्नेत, रश्मिकुमारी घिसिङ र सावित्रा भण्डारी ‘साम्बा’ (कप्तान)

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

Success

Thank you for your time.