2 weeks ago
July 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जावलाखेल युथ क्लब र ललितपुर कुसुन्तीमा रहेको माछापुच्छ्रे वर्ल्ड स्कुलबीच एन्फा यु १६ लिगका लागि सहकार्य भएको छ।
जावलाखेलका अध्यक्ष की महेन्द्र क्षेत्री र माछापुच्छ्रेका प्रधानाध्यापकका होमनाथ आचार्य ले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
स्कुलको सभा हलमा भएको कार्यक्रममा स्कुलका प्रतिभावान खेलाडीलाई जावलाखेलको यु १६ टोलीमा सहमति भएको छ।
July 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- डेनमार्कमा आयोजना हुने डाना कपमा फुटबल प्रतियोगिता काष्ठमण्डप विधालय र लुम्बिनी फुटबल एकेडेमीले प्रतिस्पर्धा गर्ने भएको छ। काष्ठमण्डले यु-१४ तथा लुम्बिनीले यु-१६ समूहमा प्रतिस्पर्धा गर्ने बताइएको छ। दुई टोलीमा २० खेलाडी र ३ अफिसियल गरि २३ सदस्यीय छ । सन्तोष न्यौपानेले काष्ठमण्डप र विजय महर्जनले लुम्बिनीलाई प्रशिक्षण दिएका छन्। टोली शनिवार त्यसतर्फ […]
July 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बेल्जियन प्याट्रिक डे वाइल्डले नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका छन्। उज्वेकिस्तानमा एसियन कप छनोट खेल्न गएपछि विकास भएको घटना क्रमले डे वाइल्ड नेपाल फर्कने सम्भावना कम रहेको आंकलन गरिएको थियो। मुख्यतः कप्तान छनोटका विषयमा डे वाइल्ड र व्यवस्थापनबीच चर्को विवाद भएपछि राष्ट्रिय टोलीको अव्यवस्था छताछुल्ल भएको थियो। उज्वेकिस्तानबाट […]
July 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रशिक्षणमा रहेको राष्ट्रिय यू-२३ फुटबल टोलीलाई ४० बाट ३२ खेलाडीमा सिमित गरिएको छ। टोलीका मुख्य प्रशिक्षक नविन न्यौपानेले विभिन्न चरणपछि खेलाडी छनोटको संख्या ३२ मा ल्याएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। टोली आगामी एएफसी यू-२३ एसियाली कप छनोटको तयारीमा जुटिरहेको छ। प्रतियोगिता सेप्टेम्बर ३ देखि ९ सम्म ताजिकिस्तानमा हुनेछ। […]