default_image

6 months ago

July 2, 2025

‘तिम्रो घृणाले मलाई रोक्न सक्दैन’- रेखा

9457 views

0 Bookmark

‘काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी चर्चित स्ट्राइकर हुन्, रेखा पौडेल। नेपाली फुटबल समर्थक माझ रेखा निकै लोकप्रिय नाम हो।

पछिल्लो समय टोली फ्रन्ट लाइनमा सावित्रा भण्डारी ‘साम्बा’ र रेखा टोलीको नियमित जस्तै थिए। रेखा र साम्बा दुवै विदेशी लिग खेल्दै आएका छन्।

तर उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटमा सुरुका दुई खेलमा प्लेइङ ११ मा परिनन् । नव नियुक्त प्रशिक्षक प्याट्रिक डि वाइल्डको पहिलो रोजाइमा पर्न नसकेपनि दोस्रो हाफमा भने मौका पाइरहेकी छिन्।

लाओस विरुद्धको पहिलो खेलमा पनि रेखा दोस्रो हाफमा मैदान प्रवेश गरेकी थिइन् । आजको श्रीलंकासँगको खेलमा उनी ७० औं मिनेटमा रेनुका नगरकोटेको ठाउँमा गर्दै मैदान प्रवेश गरेकी‌ हुन् ।

मैदान प्रवेश गरेको ८ मिनेटमा रेखाले पूजा रानाको क्रसमा हेडर गोल गरिन्।‌ श्रीलंका विरूद्ध नेपालको त्यो सातौं गोल थियो। यसपटक रेखाको गोल सेलिब्रेट गर्ने शैली फरक र अनौठो थियो।

गोल लगत्तै उनले लेग गार्ड निकालिन् र त्यसलाई देखाइन्। जसमा लेखिएको थियो – ‘तिम्रोको घृणाले मलाई रोक्न सक्दैन”। अङ्ग्रेजीमा लेखिएको थियो – ‘योर हेट मेक्स मी अनस्टपएबल’

उनको त्यो भावनात्मक सेलिब्रेसन थियो? सन्देश थियो वा कसैप्रति लक्षित जवाफ थियो? त्यस्तै अड्कल काट्न गाह्रो उनले सेलिब्रेसन गरिन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.