default_image

6 months ago

July 2, 2025

बंगलादेश पहिलो पटक महिला एसियन कपमा छनोट

9346 views

0 Bookmark

एजेन्सी – बंगलादेश पहिलो पटक एएफसी महिला एसियन कपमा छनोट भएको छ । बंगलादेशको फुटबलमा यो ऐतिहासिक सफलता हो।

बंगलादेशले आज म्यानमारलाई २-१ ले हरायो। यसपछि भएको खेलमा बहराइन र तुर्कमेनिस्तानबीच २–२ को बराबरीमा रोकियो।

यो सँगै एक खेल अगावै बंगलादेश समूह विजेता बन्ने निश्चित भएपछि टोली सन् २०२६ मा अष्ट्रेलियामा हुने एसियन कपको यात्रा तय भएको हो।

म्यानमारमा जारी छनोट चरणमा बंगलादेशले २ खेलबाट ६ अंक जोडेको छ। म्यानमारको ३ अंक छ। बहराइन र तुर्कमेनिस्तानले समान १ अंक जोडेका छन्।

जुलाई ५ मा तुर्कमेनिस्तानसँगको अन्तिम खेलमा बंगलादेश पराजित भएको खण्डमा र म्यानमारले बहराइनलाई हराएर समान ६ अंक बनाउन सक्छ। त्यो अवस्थामा पनि बंगलादेश हेड-टु-हेड को आधारमा समूहको शीर्ष स्थानमा रहनेछ।

जारी छनोटबाट एसियन कपको फाइनल चरणमा पुग्ने को बंगलादेश पहिलो टोली बनेको छ। यसअघि आयोजक अस्ट्रेलिया र अघिल्लो संस्करणका शीर्ष तीन टोली जापान, दक्षिण कोरिया र चीनले सिधै फाइनल चरणमा स्थान पक्का गरिसकेका छन्।

बंगलादेशको फुटबल इतिहासमा यसअघि मात्र एकपटक राष्ट्रिय टोलीले एसियन कपको फाइनल चरणमा सहभागिता जनाएको छ। सन् १९८० मा पुरुष टोलीले कुवेतमा आयोजित प्रतियोगितामा खेलेको थि

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.