default_image

5 months ago

July 2, 2025

बंगलादेश पहिलो पटक महिला एसियन कपमा छनोट

9342 views

0 Bookmark

एजेन्सी – बंगलादेश पहिलो पटक एएफसी महिला एसियन कपमा छनोट भएको छ । बंगलादेशको फुटबलमा यो ऐतिहासिक सफलता हो।

बंगलादेशले आज म्यानमारलाई २-१ ले हरायो। यसपछि भएको खेलमा बहराइन र तुर्कमेनिस्तानबीच २–२ को बराबरीमा रोकियो।

यो सँगै एक खेल अगावै बंगलादेश समूह विजेता बन्ने निश्चित भएपछि टोली सन् २०२६ मा अष्ट्रेलियामा हुने एसियन कपको यात्रा तय भएको हो।

म्यानमारमा जारी छनोट चरणमा बंगलादेशले २ खेलबाट ६ अंक जोडेको छ। म्यानमारको ३ अंक छ। बहराइन र तुर्कमेनिस्तानले समान १ अंक जोडेका छन्।

जुलाई ५ मा तुर्कमेनिस्तानसँगको अन्तिम खेलमा बंगलादेश पराजित भएको खण्डमा र म्यानमारले बहराइनलाई हराएर समान ६ अंक बनाउन सक्छ। त्यो अवस्थामा पनि बंगलादेश हेड-टु-हेड को आधारमा समूहको शीर्ष स्थानमा रहनेछ।

जारी छनोटबाट एसियन कपको फाइनल चरणमा पुग्ने को बंगलादेश पहिलो टोली बनेको छ। यसअघि आयोजक अस्ट्रेलिया र अघिल्लो संस्करणका शीर्ष तीन टोली जापान, दक्षिण कोरिया र चीनले सिधै फाइनल चरणमा स्थान पक्का गरिसकेका छन्।

बंगलादेशको फुटबल इतिहासमा यसअघि मात्र एकपटक राष्ट्रिय टोलीले एसियन कपको फाइनल चरणमा सहभागिता जनाएको छ। सन् १९८० मा पुरुष टोलीले कुवेतमा आयोजित प्रतियोगितामा खेलेको थि

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.