default_image

6 months ago

July 2, 2025

नेपाल र उज्वेकिस्तानको समान अंक र गोल

6279 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’ बाट नेपाल र उज्वेकिस्तान मध्ये एक टोलीले फाइनल पुग्नेछ ।

यो समूहबाट सबै ४ टोलीको अन्तिम खेल खेल्न बाँकी छँदा नेपाल र उज्वेकिस्तानले समान ६ अंक छ। नेपालले पहिलो खेलमा लाओसलाई ९-० ले दोस्रो खेलमा श्रीलंकालाई ८-० गोलले हरायो।

घरेलु टोली उज्वेकिस्तानले पहिलो खेलमा श्रीलंकालाई १०-० ले र दोस्रो खेलमा लाओसलाई ७-० ले माथ दियो। अंक मात्र होइन नेपाल र उज्वेकिस्तान दुवै टोली समान १७ गोल गरेका छन्। दुवै टोलीले गोल खाएका छैनन्।

अब शनिवार यी दुई टोलीबीचको खेल निर्णायक हुनेछ। फाइनल सरहको खेल जसले जित्छ त्यहि टोलीले अर्को वर्ष अष्ट्रेलियाको टिकट काट्नेछ।

यदि सो खेल बराबरीमा टुंगियो भने कार्डको आधारमा टिम छनोट हुनेछ। यो समूहबाट लाओस र श्रीलंकाको संभावना समाप्त भैसकेको छ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.