6 months ago
July 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला टोलीमा पहिलो पटक युइएफए प्रो लाइसेन्स प्रशिक्षक नियुक्त भएको महिना दिन नबित्दै विवाद सुरु भएको छ।
प्रशिक्षक प्याट्रिक डि वाइल्डको टोली व्यस्थापक बिन्द्रा देवान र हेड अफ डेलिगेट्स सरिला मलेखुसँग मनमुटावको कारण बोलचाल समेत बन्द रहेको बुझिएको छ।
यसको मुख्य कारण हो टोली नयाँ कप्तान चयन हो। यो पटक एएफसी महिला एसियन कपको छनोटको लागि टोली उज्वेकिस्तान निस्कनुअघि कप्तानको घोषणा गरिएन ।
त्यसअघि कप्तानी गरिरहेकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बालाई पनि त्यो रुपमा प्रस्तुत गरिएन । त्यहाँबाटै टोलीमा नयाँ कप्तानको चयन हुन सक्ने चर्चा सुरु भएको थियो।
उज्वेकिस्तानमा लाओस विरुद्धको खेल सुरु हुनु अघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले रेनुका नगरकोटेको कप्तानीमा प्लेइङ ११ सार्वजनिक गर्यो । तर खेल सुरु हुँदा बेला कप्तानको आर्म ब्यान्डमा सावित्रा भण्डारी ‘साम्बा’ देखिइन्।
तर साम्बाले आर्म ब्यान्ड पाउनु अघिको बबन्डर सायद नेपाली फुटबल टोलीको ड्रेसिङ रुममा त्यसअघि कहिल्यैँ देखिएको थिएन। लाओससँग खेल सुरु हुनु अघि प्रशिक्षक डि वाइल्डले व्यवस्थापक देवानलाई कप्तान साम्बा हुने बताएका थिए। तर त्यसअघि नै एन्फामा रेनुकाको नाम पठाएको बुझिएको छ।
त्यसपछि खेल सुरु हुनु अघि प्रशिक्षक डि वाइल्डको प्लेयर लिस्टमा रेनुकाको नाम कप्तानमा देखेपछि उनको देवान र मलेखुसँग चर्काचर्की परेको थियो।
देवान र मलेखुले कप्तानको निर्णय एन्फाले गर्ने हो र आफूहरु एन्फा भएको तर्क गर्दै रेनुका कप्तान हुनुपर्ने अडान लिएका थिए। प्रशिक्षक डि वाइल्डले आफ्नो टोलीको लिडर साम्बा नै भनेपछि चर्काचर्की चलेको थियो। त्यो कल्पना बाहिरको माहोलपछि देवानले नै कप्तानको आर्म ब्यान्ड साम्बालाई लगाइ दिएकी थिइन् ।
राष्ट्रिय टोलीको ड्रेसिङ रुम अनि टिम भएर खेल्नुपर्ने खेलमा त्यो किसिमको विवाद कल्पना बाहिरको विषय थियो । खेल अगाडि त्यो घटनामा खेलाडीले कसरी खेले होला? कुन मानसिकतामा मैदान प्रवेश गरे? कप्तान यति ठूलो विषय हो? यो सबका बाबजुत टोलीले लाओसलाई ९-० ले हराएको थियो।
त्यो घटनाले टिमभित्र खेलाडीको एकतामा कस्तो असर गर्यो? यसको जिम्मेवार को? कप्तान चयनको जिम्मेवारी कसको? प्रशिक्षक,एन्फा वा व्यवस्थापकको? यसको जवाफ कसले दिने?
लाओससँगको खेल सकिएपछि व्यवस्थापक देवानले प्रशिक्षक डि वाइल्डको यो अन्तिम प्रतियोगितासम्म भनेको बताइएको छ ।
खेलपछि प्रशिक्षक डि वाइल्डले एन्फालाई घटनाका बारेमा पत्र पठाएको बताइको छ। उनले तीन पेजको पत्रमा खेल अघि भएको घटना क्रम र खेलको विवरण पठाएका छन् ।
एन्फा टेक्निकल निर्देशक हरि खड्काले प्रशिक्षकबाट घटना र खेल विवरणसहितको प्राप्त भएको जनाउँदै अहिले नेपालको लागि खेल महत्वपूर्ण रहेको कारण खेलमा फोकस हुन भनेर आफूले जवाफ पठाएको हाम्रो खेलकुद डटकमलाई जानकारी दिए।
विश्व फुटबलमा नै हेड अफ डेलिगेट्सलाई प्लेयर बक्स, ड्रेसिङ रुम र टिम मिटिङमा जान पाउने अधिकार हुँदैन । तर नेपाली विगत ३ वर्ष देखि यो नियम तोडिदै आएको छ। यो विषयमा पनि प्रशिक्षक डि वाइल्डले आपत्ति रहेको छ।
३ वर्षयता नेपाली राष्ट्रिय महिला टोलीमा प्रशिक्षक धेरै फेरिए। कोचिङ स्टाफ पनि फेरिए। तर व्यवस्थापक र हेड अफ डेलिगेट्स भने निरन्तर रहँदै आएका छन्।
लाओस विरुद्धको खेलको म्याच रिपोर्टमा रेनुका नै नेपाली टोली कप्तान उल्लेख छ। दोस्रो खेलको म्याच रिपोर्टमा कप्तानमा साम्बाको नाम छ।
व्यवस्थापक देवानले भने टोलीमा केही समस्या नरहेको बताएकी छिन् । ‘म्याचको ९० मिनेटअघि सम्म प्रशिक्षकलर नाम दिनुभएन । त्यस्तैले रेनुकाको नाम पठाएको हो । साम्बा कप्तान हुँदा केहि समस्या छैन।’
उज्वेकिस्तान जानु अघिको बिदाइ समारोहमा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले विदेशी प्रशिक्षक प्रति विश्वस्त रहेको र नेपालले एसियन कप सँगै विश्व कप खेल्नेमा कुनै शंका नरहेको बताएका थिए। तर यो घटनाले नेपाली महिला फुटबल टिमको विवादलाई सतहमा ल्याएको छ।

December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]