6 months ago
July 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको च्याम्पियन नेपाल एपिएफ क्लबलाई एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ।
एपिएफ रहेको समूहमा सहित साउदी अरेबियाको अल नासर, आयोजक उज्वेकिस्तानको पिएफसी नसाफ र थाइल्यान्डको कलेज अफ एसियन स्कलर्स छन्।
एसियन फुटबल कन्फेडरेसन (एएफसी) ले समूह चरण अगस्ट २३ देखि ३१ सम्म सञ्चालन हुने जनाएको छ।
मलेसियाको क्वालालम्पुरस्थित एएफसी मुख्यालयमा आज भएको ड्रमा समूह चरणका १९ टोलीलाई ५ समूहमा विभाजन गरिएको छ ।
४ समूहमा ४ टोली र एउटा समूहमा ३ टोली छन्। हरेक समूह विजेताको विजेताले एएफसी महिला क्लब पहिल्यै छनोट भइसकेका ७ टोलीसहित १२ टोलीले फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन्।
अष्ट्रेलियाको मेलबर्न सिटी एफसी, कोरियाको सुवोन एफसी, जापानको टोक्यो वेर्डी बेलेजा, साविक विजेता चीनको वुहान जियाङडा एफसी, भियतनामको हो चि मिन सिटी एफसी, इरानको बाम खातुन एफसी छन् । संयुक्त अरब इमिरेट्सबाट छनोट हुन बाँकी छ।

December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]