6 months ago
July 3, 2025
एजेन्सी – लिभरपुलका पोर्चुगिज खेलाडी डियोगो जोटा र उनका भाइ आन्द्रे सिल्भाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ।
प्रहरीले दिएको जानकारी अनुसार उनीहरू चढेको लाम्बोर्गिनी गाडी अर्को गाडीलाई ओभरटेक गर्नेक्रममा सडकबाट बाहिर जाँदा आगो लागेको थियो।
स्पेनी अधिकारीले २८ वर्षीय जोटा र उनका २५ वर्षीय भाइ आन्द्रे सिल्भा स्पेनको उत्तरपश्चिमी सहर समोराको नजिक मृत फेला परेका पुष्टि गरेको छ।
दुर्घटना मध्यरातको समयमा भएको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र शवको पोस्टमार्टम परीक्षण भइरहेको प्रहरीले जनाएको छ।
जोटा र सिल्भा दुवै पोर्चुगलका फुटबल खेलाडी थिए र कारमा अरु कोही थिएनन्। हालसम्म गाडी कसले चलाएको भन्ने निश्चित भइसकेको छैन।
प्रारम्भिक अनुसन्धान अनुसार गाडीले अर्को सवारीलाई ओभरटेक गर्ने क्रममा टायर पड्किएको आशंका गरिएको छ। ‘गाडी पूरै जलेको थियो, र उनीहरु गाडीभित्रै जलेर मृत्यु भएका थिए,’ स्पेनी सरकारी अधिकारी बताएका छन्।
जोटाको ११ दिन अघि मात्र प्रेमिका रुटे कार्डोसोसँग विवाह गरेका थिए। उनका तीन सन्तान छन्।
डियोगो जोटा पोर्चुगलको राष्ट्रिय टोलीका पनि सदस्य थिए ।
हालै सम्पन्न नेशन्स लिगमा उनले टोलीलाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका थिए। उनका भाइ आन्द्रे सिल्भा पोर्चुगलको तल्लो डिभिजन क्लब पेनाफ़िएलसँग आबद्ध थिए।
लिभरपुल क्लबले एक वक्तव्य जारी गर्दै गहिरो दुःख व्यक्त गरेको छ। जोटाले सन् २०२० मा वुल्भ्सबाट लिभरपुलमा आबद्ध भई तीन प्रमुख उपाधि जितेका थिए। जसमा गत सिजनको प्रिमियर लिग उपाधि पनि सामेल छ।
पोर्चुगल फुटबल महासंघले जोटा र उनका भाइको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ। महासंघका अध्यक्ष पेड्रो प्रोएन्साले भने, ‘हामीले दुई च्याम्पियन गुमायौँ। डियोगो जोटा राष्ट्रिय टोलीका एक उत्कृष्ट खेलाडी मात्र होइन, एक प्रेरणादायी व्यक्ति पनि थिए। उनका सहकर्मी र प्रतिस्पर्धीहरूले उनीप्रति सम्मान गर्थे।’
यस्तै पोर्चुगलका प्रधानमन्त्री लुइस मोंटेनेग्रोले ‘अप्रत्याशित र दुःखद निधन’ भएको भन्दै गहिरो समवेदना प्रकट गरेका छन्। बेलायतका प्रधानमन्त्री केयर स्टारमरले समेत ‘यो अत्यन्त दुखद समाचार’ भन्दै शोक व्यक्त गरेका छन्।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]